कुशे–५ का भूकम्प प्रभावितहरुलाई राहत वितरण
शुक्रबार, २४ कात्तिक २०८०, २० : ००
जाजरकोट । कोपिला भ्याली सेवा समाजद्वारा भूकम्प प्रभावितहरुलाई राहत सामाग्री प्रदान गरिएको छ । जाजरकोटको कुशे गाउँपालिका– ५, का भूकम्प प्रभावितहरुलाई उक्त राहत वितरण गरिएको हो ।
प्रभावितहरुलाई एक सय त्रिपाल एक सय प्याक चामल र एक सय वटै सिरकहरु वितरण गरिएको छ । कोपिला भ्याली सेवा समाजका उपाध्यक्ष गोगन बहादुर मल्ल, वडाअध्यक्ष हरि बहादुर सिंहलगायतले पीडित नागरिकलाई संयुक्तरुपमा सामाग्रीहरु वितरण गरेका थिए ।
यो वडाका साढे ८ सय घरधुरीमध्ये अधिकांश घरमा भूकम्पले क्षति पुर्याएको छ । अहिलेसम्म १२४ वटा त्रिपाल मात्रै वितरणका गरिएको छ । नागरिकहरु भने आवश्यक राहत र त्रिपाल नपाउँदा कष्टकर दैनिकी बिताइरहेका छन् । यो जाजरकोटको सबैभन्दा दुर्गम गाउँपालिका हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध छ : रुबियो
-
निर्माण इजाजतपत्र अब अनलाइनबाटै नवीकरण हुनेः साउन १ देखि नयाँ व्यवस्था लागू
-
‘हन्टर’ असोज ९ गतेदेखि प्रदर्शन हुने
-
ललितपुर महानगरपालिकाद्वारा एक दिने सीप तथा रोजगार मेला आयोजना
-
मधेसको जनादेश र रास्वपाको दस्तावेज मेल खाएन : सुदन किराती
-
दर्ता नभएका क्रसर बन्द गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण