भक्तपुरमा मानव बस्तीभित्र प्रवेश गरेको चितुवा समातियो
शुक्रबार, २४ कात्तिक २०८०, २० : ५२

भक्तपुर । मानव बस्तीभित्र प्रवेश गरेर गठ्ठाघरका दुई जनालाई घाइते पार्ने चितुवालाई पाँच घण्टापछि नियन्त्रणमा लिएको छ ।
गठ्ठाघरस्थित प्रवीन आयल स्टोरको उत्तरतर्फ रहेको बस्नेत टोलमा स्थानीय पवित्रा सुनारको घर परिसरभित्र पसेको चितुवाको आक्रमणबाट ३३ वर्षीया सङ्गीता आलेमगर र काभ्रेपलाञ्चोक भुम्लुकी ६५ वर्षीया अमृता कँडेल आज घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
चितुवाको आक्रमणबाट घाइते दुवै जनाको मध्यपुर अस्पतालमा उपचार गरी घर फर्काएको उनले जानकारी दिए ।
दुई घरको बीचमा फसेको चितुवा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालय भक्तपुरको टोलीले पाँच घण्टापछि चितुवालाई नियन्त्रणमा लिए डिभिजन वन कार्यालय भक्तपुरलाई बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल
-
सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेको छु : विश्वप्रकाश शर्मा
-
सगरमाथा संवादमा थामेको आवाज सम्बोधन हुन्छ : प्रधानमन्त्री ओली
-
कोशी प्रदेशको बेरुजु एक वर्षमै थपियो ८६ करोड ८१ लाख
-
देउवालाई बारम्बार सत्ता छोड्छु भनिरहेका ओली गठबन्धनप्रति दृढ कि अविश्वास ?
-
विद्युत् अवरूद्धपछि प्राधिकरणका निर्देशक शाक्यद्धारा निरीक्षण