मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
काठमाडौँमै छरपस्ट छन् ०७२ सालको भूकम्पका क्षतिग्रस्त संरचना (फोटो फिचर)
फोटोफिचर

काठमाडौँमै छरपस्ट छन् ०७२ सालको भूकम्पका क्षतिग्रस्त संरचना (फोटो फिचर)

शनिबार, २५ कात्तिक २०८०

काठमाडौँ । हालै मात्र पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ठुलो जनधनको क्षति भएको छ । २०७२ सालको भूकम्पलाई मानसपटलबाट पूर्ण रूपमा हटाइ नसक्दै पश्चिम नेपालको भूकम्पले त्रास थपिएको हो । 

२०७२ सालमा गएको भूकम्पबाट क्षति भएका संरचना, सांस्कृतिक र ऐतिहासिक धरोहर अझै पुनः निर्माण हुन सकेका छैनन् । सरकारले आवश्यक चासो र चिन्ता नदेखाउँदा यी संरचनाहरू भग्नावशेषका रूपमा मेटिँदै गएका छन् । 

टाढाको कुरै नगरौँ । काठमाडौँको वसन्तपुर क्षेत्रका कतिपय निजी भवन, सांस्कृतिक सम्पदाहरू पुनः निर्माण सुरु समेत भएका छैनन् । २०७२ सालको महाभूकम्पको भग्नावशेषहरू सङ्घीय राजधानी वरपर यत्रतत्र फेला पर्छन् । २०७२ सालको महाभूकम्पबाट भोगेको अनुभवलाई ८ वर्षसम्म व्यवहारमा नउतार्दा अहिले पश्चिम नेपालमा ठुलो क्षति भएको छ । अझै पनि विज्ञहरूले पश्चिम नेपालमा ठुलो भूकम्पको जोखिम रहेको चेतावनी दिइरहेका छन् । 

अब बेलैमा पुनः निर्माण नगर्ने र पूर्व तयारीका साथ नबस्ने हो भने भविष्यमा पुनः अहिलेको क्षति दोहोरिने निश्चित प्रायः छ । आजको फोटो फिचरमा काठमाडौँ वरपरका २०७२ को भूकम्पबाट क्षतिग्रस्त संरुचनाहरु ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया