रुपन्देहीमा देउसी भैलाे राति १० बजेसम्म खेल्न पाइने
शनिबार, २५ कात्तिक २०८०, १३ : ३२

बुटवल । रुपन्देहीमा देउसीभैलो राति १० बजेसम्म मात्र खेल्न पाइने भएको छ । चाडपर्वलाई मर्यादित, व्यवस्थित एवं शान्तिपूर्ण तरिकाले मनाउन चाडपर्वको अवसरमा देउसी, भैलो, नाचगान लगायतका मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरू सम्बन्धित निकायको स्वीकृतिमा मात्र गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना जारी गर्दै आग्रह गरेको हो ।
यस्ता कार्यक्रमहरू रातको १० बजेसम्म मात्र गर्न आग्रह गर्दै सूचनाको बर्खिलाप हुने क्रियाकलापहरू प्रचलित कानुनको दायराभित्र आउने प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । त्यस्तै पटका, आतिसबाजी जस्ता प्रज्वलनशील पदार्थको प्रयोग तथा जुवातास खेल्ने कार्य कानुनतः पूर्ण रूपमा निषेधित रहेकाले यस्ता कार्य दण्डनीय हुने भएकाले नगर्न/नगराउन पनि प्रशासन कार्यालयको आग्रह छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा एक जनाको मृत्यु
-
कैलालीमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुई घाइते
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान
-
कानुन दुरुपयोग गर्दै सरुवाका लागि कारबाही माग्छन् कर्मचारी !
-
आज विश्व वातावरण दिवस, विविध कार्यक्रमका साथ मनाइँदै