आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तिहारमा सशस्त्र प्रहरीद्वारा कुकुर पूजा

आइतबार, २६ कात्तिक २०८०, ११ : २५
आइतबार, २६ कात्तिक २०८०

काठमाडौँ ।  सशस्त्र प्रहरी बल नेपालले कुकुर तिहारको अवसरमा कुकुर पूजा गरेको छ । नेपालीहरुको महान चाड तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइने गरिन्छ । 

हरेक नेपालीहरुको घर आँगनमा कुकुरको पूजा गरिन्छ । कुकुरलाई फूल,माला र टिका लगाइदिएर खानेकुराहरु दिइ पूजा गर्ने परम्परा रही आएको छ । सशस्त्र प्रहरी बल बलम्बुका पशु स्वास्थ्य तथा डग हेण्डर उपशाखाका सशस्त्र प्रहरी नायब निरीक्षक रमेश उप्रेतीले सशस्त्र प्रहरी बलसँग ४ जातका कुकुरहरु रहेको र जसमा जर्मन सेफर्ड, ल्याब्रेडर, ककर स्पाइनर र गोल्डे डिटिबर रहेको बताए । कुकुरहरुलाई लागुऔषध, हातहतियार तथा बिष्फोटक पदार्थको खोजि कार्य र अपराध अनुसन्धानमा तालिम दिइ काम गराइएको बताए ।  कुकुरहरुले बाढी पहिरो र विपद्जन्य काममा पनि उद्धारमा खटिने गरेको उनले बताए । 

आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ । कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवं गुनिलो जनावर पनि हो । यो जनावरले सुँघेर अपराधीहरू पत्ता लगाउने र कुकुरलाई भैरवको बहान पनि भनिन्छ । 

त्यसैगरी विनाशकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्वसूचना समेत दिने गरेको छ । कुकुर इमान्दार र बफादार जनावर पनि हो । घरको रेखदेख गर्ने काम पनि कुकुरले नै गर्दछ । परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ । कुकुरका गुणको कदर गरेर मानिसले वर्षमा एक पटक यमपञ्चकको दोश्रो दिन पारेर पुज्ने गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप