ट्रेलरमा यस्तो देखियो ‘जम्प’
काठमाडौँ । आशुतोषध्वज कार्कीको लेखन तथा निर्देशन रहेको फिल्म ‘जम्प’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट १२ सेकेन्ड लामो ट्रेलरमा फिल्मका मुख्य कलाकार सरोज श्रेष्ठ, सन्देश शाक्य, बिनिता थापामगर लगायतका देखिएका छन् ।
साइकोलोजिकल थ्रिलर जनरामा बनेको फिल्मको ट्रेलर पनि सस्पेन्स नै बनेको छ । आगामी मंसिर २९ गतेबाट प्रदर्शनमा आउने फिल्म क्रियटिभ माकुरा मिडियाको ब्यानरमा बनेको हो ।
इशा खड्का कार्यकारी निर्माता रहेको फिल्ममा सरोज श्रेष्ठ, सन्देश शाक्य, बिनिता थापामगर, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङ्ग्बो, शंकर महर्जन र प्रवल कँडेलको अभिनय देख्न सकिन्छ ।
विदेशी फिल्म फेस्टिभलमा आफ्नो दरिलो उपस्थिति जनाइसकेको ‘जम्प’ ले नेपाली दर्शकलाई छुट्टै स्वाद दिने विश्वास रहेको लेखक तथा निर्देशक कार्कीले बताए ।
क्रिएटिभ माकुरा टिममा आशुतोषध्वज कार्की, प्रसन थापा, देबेश राजकर्णिकार, अंकित सिंह, एन्जेलिका खत्री, निरोज महर्जन, विपिन कपाली, अरिश राजकर्णिकार, सम्राट खनाल र सुरज कटुवाल रहेका छन् । फिल्म गोविन्द शाहीले वितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण