तीन महिनामा साढे ११ करोड रुपैयाँको कफी आयात
आइतबार, २६ कात्तिक २०८०, १२ : ५७
काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा साढे ११ करोड रुपैयाँको कफी आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा ११ करोड ५२ लाख ५ हजार रुपैयाँको कफी आयात भएको हो ।
सो रकम बापत १ लाख १९ हजार किलो बराबरको कफी आयात गरिएको हो । सरकारले सो बापत ६ करोड ७३ लाख ८० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सो कफी अस्ट्रेलिया, चीन, भारत, थाइल्यान्ड, भेइतनाम, जापान, मलेसिया लगायत मुलुकबाट आयात गरिएको भन्सार विभागले जनाएको छ ।
गत वर्ष सोही समयावधिमा ६४ हजार ६ सय किलो कफी आयात भएको थियो । सो बापत ४ करोड ९२ लाख ४१ हजार रुपैयाँको बाहिरिएको थियो भने, सरकारले २ करोड ५४ लाख ९५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण