ब्रह्माकुमारी राजयोग केन्द्रमा सामूहिक भाइटीका
बाँके । नेपालगञ्जस्थित ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्रमा तेत्तीस वर्षदेखि सामूहिक भाइटीका लगाइँदै आएको छ ।
हरेक वर्षको भाइटीकाझैँ यो वर्षपनि ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्दकी केन्द्रीय उपाध्यक्ष एवम् नेपालगञ्ज केन्द्र प्रमुख दुर्गादिदी, उपप्रमुख मुना दिदी र बहिनीहरुले सामूहिक भाइटीका लगाइदिएका हुन् ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र स्थापना भएयता २०४७ सालदेखि नै सामूहिक रुपमा भाइटीका लगाउने कार्य हुँदै आएको केन्द्र प्रमुख दुर्गा दिदीले जानकारी दिइन् । यो वर्ष नेपालगञ्ज केन्द्रमा तीन सय बढी दाजुभाइले टीका ग्रहण गरेका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, खजुरा गाउँपालिकाका पूर्व अध्यक्ष किस्मतकुमार कक्षपति, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष हरिलाल न्यौपाने, पूर्व अध्यक्ष नन्दलाल वैश्यलगायत तीन सय बढी दाजुभाइले टीका ग्रहण गरेको प्रमुख दुर्गा दिदीले बताइन् । खजुरा गाउँपालिकाका पूर्व अध्यक्ष किस्मतकुमार कक्षपतिले करिब एक दशकदेखि आफ्नो दिदीको घरमा टीका नहुँदा ब्रह्माकुमारी दुर्गा दिदीबाट भाइटीकाको टीका ग्रहण गर्ने गरेको बताए ।
दिदीबहिनी नहुने, दिदीबहिनीमा टीका नभएको अवस्था र काम विशेषले घर जान नपाएका दाजुभाइहरु ब्रह्माकुमारी राजयोग केन्द्रमा दिदीबहिनीसँग टीका लगाउने गरेको राजयोग केन्द्रका सूचना अधिकारी कृष्ण भाइले जानकारी दिए ।
यस क्षेत्रका राँझा, कोहलपुर र सम्झना, बाँसगढी लगायतका ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्रमा पनि सामूहिक टीका लगाउने कार्य भएको उनले बताए । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्रमा हिन्दू धर्मावलम्बीका सबैजसो पर्व सामूहिक रुपमा मनाउने कार्य हुँदै आएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाको पापुआमा विद्रोहीद्वारा अमेरिकी पाइलट मारेको दाबी
-
विपन्न विद्यार्थी पढाउन अक्षयकोष स्थापना
-
पोर्चुगल र क्रोएसियाबिचको खेलका क्रममा किन भयो तनाव ?
-
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
-
अन्तिम १६ मा स्थान बनाएसँगै पोर्चुगलको स्पेनसँग भेट पक्का
-
अनुहारमा बरफ लगाउने ट्रेन्ड : के साँच्चै फाइदाजनक छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण