इन्डोनेसियाको पापुआमा विद्रोहीद्वारा अमेरिकी पाइलट मारेको दाबी
सारांश
- इन्डोनेसियाको पापुआ क्षेत्रमा पृथकतावादी विद्रोहीहरूले एक अमेरिकी पाइलटको गोली हानी हत्या गरेको र उनको विमानमा आगो लगाइदिएको दाबी गरेका छन्।
- द वेस्ट पापुआ नेसनल लिबरेसन आर्मी (टीपीएनपीबी) ले हाइल्यान्ड पापुआ प्रान्तमा विमान अवतरण गरेपछि आफूहरूले अमेरिकी पाइलट निकोलस एफ गोसेलिनको हत्या गरेको जनाएको हो।
- विद्रोहीहरूले नागरिक उड्डयनका विमानहरू इन्डोनेसियाली सैन्य गतिविधिलाई सहयोग गर्न प्रयोग गरिएकाले आफूहरूले यस विवादित क्षेत्रमा सबै उडानहरूमाथि प्रतिबन्ध लगाएको बताएका छन्।
पापुआ । इन्डोनेसियाको पापुआ क्षेत्रमा पृथकतावादी विद्रोहीहरूले एक अमेरिकी पाइलटको गोली हानी हत्या गरेको र उनको विमानमा आगो लगाइदिएको दाबी गरेका छन्।
द वेस्ट पापुआ नेसनल लिबरेसन आर्मी (टीपीएनपीबी) ले बिहीबार हाइल्यान्ड पापुआ प्रान्तमा विमान अवतरण गरेपछि आफूहरूले निकोलस एफ गोसेलिनको हत्या गरेको जनाएको हो।
सर्वसाधारणका विमानहरूले इन्डोनेसियाली सेनालाई त्यस क्षेत्रमा ओसार्ने काम गरिरहेकाले गोसेलिनको मृत्युले एउटा ‘सन्देश’ दिएको दाबी विद्रोहीहरूले गरेका छन्। इन्डोनेसियाली अधिकारीहरूले गोसेलिनको विमान जलेको अवस्थामा फेला परेको पुष्टि गरेका छन्, तर उनी र विमानमा सवार अन्य सात जना यात्रुलाई के भयो भन्नेबारे अझै स्पष्ट नभएको बताएका छन्।

स्रोतसाधनले सम्पन्न यस क्षेत्रको स्वतन्त्रताका लागि इन्डोनेसिया सरकार र वेस्ट पापुआका आदिवासी बासिन्दाहरूबिच वर्षौँदेखि चलिरहेको द्वन्द्वकै बिच यो घटना सार्वजनिक भएको हो। इन्डोनेसियाली अधिकारीहरूका अनुसार अमेरिकी पाइलट र सात यात्रु बोकेको सो विमान याहुकिमो क्षेत्रको एउटा विमानस्थलमा जलेको अवस्थामा भेटिएको थियो।
देशको नागरिक उड्डयन प्राधिकरणले विमान अवतरण गर्ने क्रममा कुनै पनि सुरक्षा चुनौतीको सङ्केत नदेखिएको तर विमानले जमिन छोएलगत्तै सञ्चार सम्पर्क विच्छेद भएको जनाएको छ। विमान उडेको विमानस्थलका निर्देशकको प्रारम्भिक रिपोर्टलाई उद्धृत गर्दै नागरिक उड्डयन महानिर्देशनालयले जारी गरेको विज्ञप्तिमा पाइलटको मृत्यु भइसकेको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, ‘घटनाको शङ्कास्पद कारणबारे सम्बन्धित अधिकारीहरूबाट थप पुष्टिको पर्खाइमा छौँ।’
इन्डोनेसियाको संयुक्त प्रहरी-सैन्य अपरेसनका प्रवक्ता युसुफ सुतेजोले विमानमाथि विद्रोहीहरूले नै आक्रमण गरेका हुन् या होइनन् र विमानमा सवार व्यक्तिहरूको अवस्था के छ भन्नेबारे स्पष्ट पुष्टि गर्न सकेनन्। यस विषयमा टिप्पणीका लागि जकार्तास्थित अमेरिकी दूतावास र विदेश मन्त्रालयसँग सम्पर्क गरिएको छ।
एक विज्ञप्ति जारी गर्दै टीपीएनपीबीका प्रवक्ता सेबी साम्बोमले नागरिक उड्डयनका विमानहरू इन्डोनेसियाली सैन्य गतिविधिलाई सहयोग गर्न प्रयोग गरिएकाले आफूहरूले यस विवादित क्षेत्रमा सबै उडानहरूमाथि प्रतिबन्ध लगाएको बताए। उनले ‘विमानले टीपीएनपीबीको अल्टिमेटम उल्लङ्घन गरेकाले हामीले तुरुन्तै गोली प्रहार गर्यौँ र विमान जलाइदियौँ’ भन्दै ‘इन्डोनेसियाली सेनालाई सैनिक वा सैन्य बन्दोबस्तीका सामान ओसारपसार गर्न मद्दत गर्ने पापुआ क्षेत्रका जुनसुकै नागरिक विमानमाथि पनि हामी गोली प्रहार गर्न तयार छौँ’ भन्ने चेतावनी दिए।
साम्बोमले यदि इन्डोनेसियाली अधिकारीहरू पाइलटको शव लैजान चाहन्छन् भने उनीहरूले त्यस क्षेत्रमा सेना वा प्रहरी नल्याई आउनुपर्ने सर्त राखेका छन्। उनले इन्डोनेसिया सरकारलाई यो द्वन्द्व समाधानका लागि वार्तामा आउन समेत आह्वान गरे। सन् १९६९ मा पापुआलाई इन्डोनेसियामा गाभिएपछि यो द्वन्द्व सुरु भएको थियो। विद्रोहीहरूका अनुसार यस लडाइँका कारण ठुलो सङ्ख्यामा सर्वसाधारणको मृत्यु भएको छ भने धेरै मानिस विस्थापित भएका छन्।
यसअघि सन् २०२४ मा जकार्ता र वेलिङटनका अधिकारीहरूबिच लामो वार्ता भएपछि सोही समूहको कब्जामा १९ महिनासम्म रहेका एक न्युजिल्यान्डका पाइलट मुक्त भएको वरपर नै यो घटना भएको हो। त्यसको एक महिनाअघि मात्रै टीएनपीबीका बन्दुकधारीहरूले अर्का न्युजिल्यान्डका हेलिकप्टर पाइलट ग्लेन माल्कम कनिङको एक दुर्गम गाउँमा अवतरण गरेलगत्तै गोली हानी हत्या गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशको सम्पत्ति सार्वजनिकीकरणको बहसः आवश्यकता कि अतिरञ्जना ?
-
कप्तानदेखि म्याच विनरसम्म : तथ्याङ्कमा बेन स्टोक्सको क्रिकेट जीवन
-
शिखर इन्स्योरेन्सले गर्यो ६ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इन्जुरी समयको पीडाले रोयो क्रोएसिया (तस्बिरहरु)
-
कङ्गोमा घातक इबोला भाइरस विरुद्धको उपचार परीक्षण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण