जम्मू–कश्मीरमा बस दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो
डोडा । भारत प्रशासित जम्मू–कश्मीरको डोडामा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । डोडाका डेप्युटी कमिस्नर हरविन्दर सिंहले समाचार एजेन्सी एएनआईलाई दिएको जानकारी अनुसार दुर्घटनामा घाइते भएका १७ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाले दुःख व्यक्त गरेका छन् र मारिएका यात्रुहरूको परिवारप्रति समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘जम्मू–कश्मीरको डोडा भएको बस दुर्घटना दुखद छ । आफ्नो प्रियजनलाई गुमाउने परिवारप्रति मेरो समवेदना छ । म घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’ प्रधानमन्त्री मोदीले मृतकको परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट २–२ लाख र घाइतेहरूलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।
डेप्युटी कमिस्नर सिंहले ड्राइभरले बसको नियन्त्रण गुमाएपछि यो दुर्घटना भएको हुन सक्ने बताएका छन् । ड्राइभरले मोडमा ठिक ढङ्गले बसलाई मोड्न नसकेपछि बस बाटोबाट खोल्सामा खसेको हुन सक्ने आफ्नो प्रारम्भिक अनुमान रहेको सिंहले जिकिर गरे । उनले यस घटनाको जाँचका लागि समिति बनाउने घोषणा पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण