जम्मू–कश्मीरमा बस दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

डोडा । भारत प्रशासित जम्मू–कश्मीरको डोडामा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । डोडाका डेप्युटी कमिस्नर हरविन्दर सिंहले समाचार एजेन्सी एएनआईलाई दिएको जानकारी अनुसार दुर्घटनामा घाइते भएका १७ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाले दुःख व्यक्त गरेका छन् र मारिएका यात्रुहरूको परिवारप्रति समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘जम्मू–कश्मीरको डोडा भएको बस दुर्घटना दुखद छ । आफ्नो प्रियजनलाई गुमाउने परिवारप्रति मेरो समवेदना छ । म घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’ प्रधानमन्त्री मोदीले मृतकको परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट २–२ लाख र घाइतेहरूलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।
डेप्युटी कमिस्नर सिंहले ड्राइभरले बसको नियन्त्रण गुमाएपछि यो दुर्घटना भएको हुन सक्ने बताएका छन् । ड्राइभरले मोडमा ठिक ढङ्गले बसलाई मोड्न नसकेपछि बस बाटोबाट खोल्सामा खसेको हुन सक्ने आफ्नो प्रारम्भिक अनुमान रहेको सिंहले जिकिर गरे । उनले यस घटनाको जाँचका लागि समिति बनाउने घोषणा पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्याय परिषद् नियमावली संशोधनविरूद्ध, मुख्य रजिस्ट्रारलाई न्यायाधीश नियुक्त नगर्न अन्तरिम आदेश माग
-
ओडिसा नेपाली छात्राको मृत्यु प्रकरण: सत्य तथ्य सार्वजनिक गर्न समितिको निर्देशन
-
वर्तमान सरकार मुलुकको लागि बोझ भयो, विकल्प खोज्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल
-
राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन
-
विद्यालय शिक्षा विधेयक: उपसमितिको म्याद १० दिन थप
-
राष्ट्रिय क्रिकेट खेलाडी मोहम्मद आदिल आलममाथि लगाइएको प्रतिबन्ध फुकुवा