सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

दौडमा कार प्रयोग गर्ने अल्ट्रारनर १२ महिनासम्म प्रतिबन्धित

बिहीबार, ३० कात्तिक २०८०, १७ : ५८
बिहीबार, ३० कात्तिक २०८०

लन्डन । बेलायतले एक जना अल्ट्रारनरमाथि प्रतिबन्ध लगाएको छ । ५० माइलको दौडमा कार प्रयोग गरेको खुलासा भएपछि बेलायतको एथलेटिक्स संस्था (यूकेए)ले स्कटिश खेलाडी जोआसिया जाक्रजेवस्की माथि सो बन्देज लगाएको हो । 

अप्रिल ७ मा उत्तरपश्चिम बेलायतमा म्यान्चेष्टरदेखि लिभरपुलबीच जीबी अल्ट्रा भइरहेको थियो । सो प्रतिस्पर्धामा उनी तेस्रो स्थानमा आइन् ।

सो प्रतिस्पर्धामा आफूले साथीको कार प्रयोग गरेको जाक्रजेवस्कीले स्वीकार गरेकी छिन् । यूकेएको स्वतन्त्र अनुसाशकीय समितिलाई बुझाएको पत्रमा उनले आफूमाथिको आरोप स्वीकार गरेकी छिन् । प्रतिस्पर्धाको दिनमा आफूले कारमा पनि हिँडेको र त्यसपछि दौड पूरा गरेर फिनिश लाइन क्रस गरेर मेडल र ट्रफी जितेको उनले बताइन् । आफूले मेडल र ट्री फिर्ता गर्नु पथ्र्यो तर नगरेको पनि उनले पत्रमा भनेकी छिन् । जाक्रजेवस्कीले पत्रमा आफूले दौडलाई गैरप्रतिस्पर्धात्मक रुपमा सम्पन्न गरेको भनेर लेखेकी छिन् । आफूले कारमा लिफ्ट लिएको भनेर चाँहि भनेकी छैनन् । जाक्रजेवस्कीलाई यूकेएले आयोजना गर्ने कुनै पनि कार्यक्रममा १२ महिनासम्म सहभागी हुन नदिने समितिले ठहर गरेको छ । उनलाई कोचिङ, व्यवस्थापन लगायतमा पनि बन्देज लगाइएको छ ।

दौड समयमा अनियमितता देखिएपछि गरिएको सोधपुछका क्रममा जाक्रजेवस्कीको अघिल्लो रात अष्ट्रेलियाबाट आउँदाको थकान र जेट ल्यागका कारण छली गरेको स्वीकारेकी थिइन् । दौड आधा हुनै लाग्दा जाक्रजेवस्कीको खुट्टा सुन्निन थाल्यो त्यसपछि उनले अर्को चेकप्वाइन्टबाट साथीको कारमा लिफ्ट लिइन् । जाक्रजेवस्की पेशाले डाक्टर हुन् । उनले अन्तरराष्ट्रिय मञ्चहरुमा पनि स्कटल्यान्ड र बेलायतबाट प्रतिस्पर्धा गरेकी थिइन् । आफूमाथि गरिएको कारबाहीको उनले पुनरावलोकनका लागि आवेदन नदिने भएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप