‘डिग्री माइला’ छायांकनको दोस्रो सेडुल मंसिरमै
काठमाडौँ । रामबाबु गुरुङको निर्देशन रहने फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को छायांकनको दोस्रो सेडुल मंसिर अत्यबाट सुरु हुने भएको छ । फिल्मका मुख्य कलाकार अभिनेता प्रकाश घिमिरे अहिले स्वास्थलाभ गरिरहेका कारण फिल्मको सेडुल केही पछि सरेको हो ।
यसअघि फिल्मको दोस्रो सेडुल तिहारलगतै सुरु हुने बताइएको थियो । फिल्मका कलाकार प्रकाश घिमिरे भीरबाट लडेर गम्भीर घाइते भएका कारण निर्माण युनिटले फिल्मको सुटिङ केहीपछि सारेको निर्देशक गुरुङले जानकारी दिए ।
‘हाम्रो फिल्मको दोस्रो चरणको छायांकन सेडुल तिहारलगतै थियो । प्रकाशदाई घाइते भएको कारण केहीपछि सारेका छौँ’, गुरुङले भने, ‘प्रकाशदाई सुटिङमा फर्किने बितिक्कै छायांकन सुरु हुन्छ ।’ उनले मंसिरको अन्तिमबाट छायांकन सुरु हुनसक्ने अनुमान लगाए ।
फिल्मको पहिलो सेडुलको छायांकन दसैँ अगाडि ओखलढुङ्गाको विभिन्न स्थानमा गरिएको थियो । कलाकार, प्राविधिक लगायत सबै पक्षलाई दसैँ तिहारमा फुर्सद दिन फिल्मको छायांकन दुई सेडुलमा गरिएको हो ।
फिल्ममा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङको अलवा प्रकाशको पनि मुख्य भूमिका रहेको छ ।
२०७१ सालमा मण्डला थिएटरमा तीनपटकसम्म मञ्चन भएको ‘डिग्री माइला’ नाटकको आइडियामा रहेर यो फिल्म बन्न लागेको हो । त्यस नाटकलाई दयाहाङ राईले निर्देशन गरेका थिए ।
बासुरी फिल्मस् प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मको ट्यागलाइन ‘किन चाउरियो मरिच, आफ्नै रागले’ राखिएको छ । आगामी नयाँ वर्ष (२०८१)मा फिल्म प्रदर्शनमा आउने निर्माण युनिटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण