समाचार
काँचो कफीको समर्थन मूल्य निर्धारण
शुक्रबार, ०१ मङ्सिर २०८०, १७ : २१
काठमाडौँ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चालु आर्थिक वर्षको लागि काँचो कफीको समर्थन मूल्य निर्धारण गरेको छ । बोर्डले १९ औँ राष्ट्रिय कफी दिवसको अवसरमा आजबाट (मङ्सिर १ गते ) देखि लागू हुने गरी सो मूल्य निर्धारण गरेको हो ।
बोर्डले फ्रेस चेरी कफी ग्रेड ए प्रतिकिलो सय रुपैयाँ र फ्रेस चेरी कफी ग्रेड बी को प्रतिकिलो ९० रुपैयाँ मूल्य निर्धारण गरेको छ ।
पार्चमेन्ट कफी ग्रेड ए को प्रतिकिलो पाँच सय मूल्य तोकेको छ भने पार्चमेन्ट कफी ग्रेड बी को प्रतिकिलो चार सय ५० रुपैयाँ पर्ने बोर्डले उल्लेख गरेको छ । ड्राई कफी चेरी ग्रेड ए को दुई सय र ड्राई कफी चेरी ग्रेड बी को मूल्य प्रतिकिलो एक सय ५० रुपैयाँ तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण