शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

काँचो कफीको समर्थन मूल्य निर्धारण

शुक्रबार, ०१ मङ्सिर २०८०, १७ : २१
शुक्रबार, ०१ मङ्सिर २०८०

काठमाडौँ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चालु आर्थिक वर्षको लागि काँचो कफीको समर्थन मूल्य निर्धारण गरेको छ । बोर्डले १९ औँ राष्ट्रिय कफी दिवसको अवसरमा आजबाट (मङ्सिर १ गते ) देखि लागू हुने गरी सो मूल्य निर्धारण गरेको हो । 

बोर्डले फ्रेस चेरी कफी ग्रेड ए प्रतिकिलो सय रुपैयाँ र फ्रेस चेरी कफी ग्रेड बी को प्रतिकिलो ९० रुपैयाँ मूल्य निर्धारण गरेको छ । 

पार्चमेन्ट कफी ग्रेड ए को प्रतिकिलो पाँच सय मूल्य तोकेको छ भने पार्चमेन्ट कफी ग्रेड बी को प्रतिकिलो चार सय ५० रुपैयाँ पर्ने बोर्डले उल्लेख गरेको छ । ड्राई कफी चेरी ग्रेड ए को दुई सय र ड्राई कफी चेरी ग्रेड बी को मूल्य प्रतिकिलो एक सय ५० रुपैयाँ तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप