इतिहास बन्यो ट्रलीबस, अर्बौंको सम्पत्ति प्रयोगविहीन
बानेश्वरको मीनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालय छेवैमा थोत्रा ट्रलीबस, तिनका खिया लागेका पार्टपुर्जा, सिमेन्टका बडेबडे पिल्लर र तार असरल्ल छरिएका छन् । लाग्छ, यो कुनै अव्यवस्थित कबाडीखाना हो ।
राष्ट्रिय सानका रूपमा रहेको सार्वजनिक यातायात ट्रलीबस सेवाको एउटा चिनोका रूपमा कबाडी सामान मात्रै बाँकी छ । १४ वर्षअघि बन्द भएको ट्रलीबस सेवा रहेको २८ रोपनी सात आना जग्गा यातायात व्यवस्था विभागको नाममा दर्ता कायम छ । सहरको महत्वपूर्ण स्थानमा रहेको यो स्थानबाट ट्रलीका कबाडी हटाउन न चासो राखिएको छ न जग्गा नै प्रयोगमा ल्याउने योजना सरकारको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने, “ट्रलीबसका बारेमा छलफलमै छौँ । कुनै निर्णयमा पुगिएको छैन । सके ट्रलीबस चलाउने छौँ । नभए के गर्ने भन्नेबारे छिट्टै निर्णयमा पुग्ने छौँ ।”
काठमाडौँ र भक्तपुर जिल्लालाई जोड्ने राजधानीको फराकिलो सडकमा त्रिपुरेश्वर–सूर्यविनायक कुनै समय ट्रलीबस गुड्थ्यो ।
त्यसको सबुदका रूपमा सडक किनारमा कतैकतै बाँकी रहेका पिल्लर र टाँगिएका असरल्ल तारले दिन्छ । यस कार्यकालका कतिपय कर्मचारी अवकाशमा गए कतिपय स्थानीय तहमा मिलान गरिए ।
चीन सरकारको सहयोगमा २०३२ सालमा त्रिपुरेश्वर–माइतीघर–सूर्यविनायकसम्मको १४ किलोमिटरमा विद्युतीय ट्रलीबस निर्माण गरिएको थियो । ट्रलीबस निर्माण भएको १२ वर्षसम्म निर्वाध रूपमा सञ्चालन भए पनि २०४४ सालसम्म आउँदा थला पर्ने अवस्थामा पुग्यो । नातागोता र कार्यकर्ता भर्तीकेन्द्र बन्दै गएपछि ट्रलीबस सेवा घाटामा गएर थलिएको बताइन्छ ।
२०५३ सालमा काठमाडौँ महानगर, ललितपुर उपमहानगर र भक्तपुर नगरपालिकाले ‘स्मार्ट सिटी’ को अवधारणा अनुसार सहर विकास योजना बनाउन ट्रलीबस सञ्चालनको जिम्मा लिएका थिए । तिनले पनि सञ्चालन गर्न नसकेपछि २०६६ सालबाट सेवा पूर्णतः बन्द हुन पुगेको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण