काठमाडौँमा तेस्रो विमेन्स फिल्म फेष्टिभल आयोजना हुने
काठमाडौँ । तेस्रो आइवाट नेपाल विमेन्स फिल्म फेष्टिभल आयोजना हुने भएको छ । रेडियो तथा टेलिभिजनमा आबद्ध महिला पत्रकारहरुको छाता संगठन ‘इन्टरनेशनल एशोसियसन अफ विमेन इन रेडियो एण्ड टेलिभिजन’ले यही मंसिर ९ गते काठमाडौमा उक्त फेष्टिभल आयोजना गर्न लागेको हो ।
चलचित्र विकास बोर्डमा आयोजना हुने फेष्टिभलमा नेपाल लगायत करिब दर्जनभन्दा बढी मुलुकका महिला निर्देशकले बनाएका २८ चलचित्र सहभागी छन् । ती चलचित्रमध्ये उत्कृष्ट केही प्रदर्शन समेत हुनेछ । प्रदर्शन हुने फिल्ममा ट्युनेसिया, भारत, बंगलादेश, नर्वे, फ्रान्स लगायतका रहेका छन् ।
आयोजकले आइतबार राजधानीमा एक कार्यक्रम गर्दै फेष्टिभलको विभिन्न पक्षबारे जानकारी दिएको छ । कार्यक्रममा विदेशी चलचित्र मात्र होइन चलचित्रका महिला मेकरले समेत भाग लिने जानकारी दियो । फेष्टिभलमा विदेशी महिला निर्देशक र नेपाली महिला निर्देशकबिच निर्देशक अनुभव पनि साटासाट हुने फेष्टिभलकी निर्देशक संगीता श्रेष्ठ बताइन् । ‘फेष्टिभलमा सहभागी उत्कृष्ट फिल्म तथा फिल्म मेकरलाई अवार्ड समेत प्रदान गरिनेछ’ उनले थपिन् ।
महिला निर्देशकले बनाएको फिल्मलाई प्रवर्द्धन गर्ने र महिला निर्देशकलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले २०१७ मा पहिलो पटक यो फेष्टिभल आयोजना भएको थियो । उक्त समय दर्शक तथा फिल्म मेकरले फेष्टिभलमा राम्रो साथ दिएको कारण यसले निरन्तरता पाएको हो । ‘इन्टरनेशनल एशोसियसन अफ विमेन इन रेडियो एण्ड टेलिभिजन’को स्थापना सन् १९५७ मा भएको हो । ८ फरक राष्ट्रका प्रतिनिधिहरुबाट सुरु भएको यो एशोसियसनमा अहिले ५४ देशका प्रतिनिधिको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण