‘दिमाग खराब’ दोस्रो साताको व्यवसायमा ‘टाइगर ३’ भन्दा अघि
काठमाडौँ । तिहारको अवसर पारेर कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको फिल्म हो ‘दिमाग खराब’ । निश्चल बस्नेत निर्देशित फिल्मले रिलिजको पहिलो साता अपेक्षित व्यवसाय गर्न सकेन । बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘टाइगर ३’ले गर्दा फिल्मले व्यवसाय नगरेको मात्र होइन, शो समेत कम पाएको थियो ।
दोस्रो साता भने फिल्मको व्यवसाय र शो दुवै बढेको छ । ‘टाइगर ३’को यो साता व्यवसाय खुम्चिएको कारण ‘दिमाग खराब’लाई फाइदा पुगेको हो ।
‘माउथ पब्लिसिटी’ र विभिन्न बिदाले फिल्मको व्यवसायी एकाएक बढेको हो । फिल्मको शनिबार (हिजो) र आइतबार (आज) पनि राम्रो व्यवसाय रहेको निर्माता रौनक विक्रम कँडेलले जानकारी दिए ।
‘टाइगर ३’लाई दर्शकबाट कमजोर प्रतिक्रिया मिलेपछि फिल्मको भारतसँगै नेपालमा पनि व्यवसायमा गिरावट आएको छ । जसको कारण ‘दिमाग खराब’को व्यवसाय बढेको हो । केही मल्टीप्लेक्सहरुले अहिले ‘टाइगर ३’लाई भन्दा बढी शोज ‘दिमाग खराब’लाई दिइरहेका छन् ।
खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया लगायतको अभिनय रहेको फिल्मले अहिलेसम्म ४ करोडको व्यवसाय गरिसकेको निर्माण युनिटले जनाएको छ ।
सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको फिल्म आकाश बरालले लेखेका हुन्, भने छायांकन सुशन प्रजापतिको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण