पोखराबाट लागुऔषधसहित ३ जना पक्राउ
सोमबार, ०४ मङ्सिर २०८०, २१ : १८
पोखरा । पोखरामा लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो र कास्की प्रहरीबाट खटिएको टोलीले आलुमाइला चोकबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुर घर भइ पोखरा ५ मासबार बस्ने २३ वर्षका जीवन विक, अर्घाखाँची घर भई पोखरा ८ सितलमार्ग बस्ने २५ वर्षका प्रविण पौडेल र पोखरा ९ संगममार्ग बस्ने २३ वर्षका कुशल विक्रम खाँण छन् ।
जीवनलाई शंकास्पद अवस्थामा भेटेपछि चेकजाँच गर्ने क्रममा नाइट्रोभ्याट लेखिएको लागु औषध ५ चक्की फेला परेको थियो । सोही आधारमा सोधपुछ गर्दा अरु दुईजना पक्राउ परेका हुन् । प्रविणको साथबाट ५ सय ७ चक्की नाइट्रोभ्याट र कुशलको साथबाट पनि ३ सय चक्की नाइट्रोभ्याट बरामद भएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए । उनीहरुलाई लागुऔषध मुद्दामा १० दिन म्याद थपी अनुसन्धान थालिएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण