दाङमा दाजुभाइ मृत फेला
सोमबार, ०४ मङ्सिर २०८०, २१ : ५३

दाङ । दाङमा एकै घरका दाजुभाइ मृत फेला परेका छन् । जिल्लाको तुलसीपुर उपमहानगरपालिका १६ डोक्रेना घर भई तुलसीपुर उपमहानगरपालिका ६ मा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र ३० वर्षीय टेकबहादुर बस्नेत सोमबार मृत फेला परेका हुन् । इलाका प्रहरी कार्यालय तुलसीपुरले बस्नेत दाजुभाइ मृत फेला परेको पुष्टि गरेको छ ।
प्रहरीका अनुसार उनीहरू बस्ने घरमा घरबेटी बस्दैनथे । पूर्ण परिवारका साइँला र टेकबहादुर कान्छा सन्तान रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।
मृतक टेकबहादुरकी श्रीमती रुकुम पश्चिमस्थित माइतीमा गएकाले उनी फर्केपछि मात्रै शव निकाल्ने प्रहरीको भनाइ छ । मङ्गलवार मात्रै शव निकालेर पोस्टमार्टम गरेपछि घटनाका बारेमा विस्तृत विवरण आउने प्रहरी नायव उपरीक्षक पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
इटालियन सिरी’ए : तेस्रो स्थानको एटलान्टा विजयी
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गाजा दहमा बन्यो पर्यटकीय पूर्वाधार
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु