लागुऔषध कारोगारका स्कारपिओ प्रयोग : चार जना पक्राउ
शुक्रबार, १९ असार २०८३, २१ : ०२
कञ्चनपुर । प्रहरीले लागुऔषध कारोगारमा प्रयोग गरिएको स्कारपिओ गाडीसहित चार जनालाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो र कञ्चनपुरको वाणीमा रहेको प्रहरी विटबाट खटिएको संयुक्त टोलीले चार जना युवालाई लागुऔषध खैरोहिरोइनसहित पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले स्कारपिओ गाडीमा ३०.९३ ग्राम खैरोहिरोइनसहित चार जनालाई कष्णपुर नगरपालिका–२ नयाँबस्ती क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ का लालबहादुर सुनार, हेमराज जोशी, बेदकोट नगरपालिका–७ का विमल पाण्डे र धनगढी उपमहानगरपालिका–५ तारानगरका अशोक पाण्डे रहेका छन् ।
चार जनालाई लागुऔषधसम्बन्धी मुद्दा दर्ता भई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
-
इजिप्टले लियो सुरुवाती अग्रता
-
१२ बजे १२ समाचार : निगमका कर्मचारीको ओभरटाइम भत्ता काटियो, सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्न निर्देशन
-
राहदानी सेवा असार २५ र २६ गते दुई दिनसम्म बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण