बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
मङ्गलबार, ०५ मङ्सिर २०८०, ११ : ११

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्य तय गर्दै हिजोको तुलनामा बढेको जानकारी दिएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ५०० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार ७०० रुपैयाँ थियो । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ६५० रुपैयाँ छ ।
यस्तै, आज चाँदीको मूल्यमा समेत वृद्धि देखिएको छ । महासंघले आज तोलामा ५ रुपैयाँले बढेर चाँदी कारोबारमा आएको जनाएको छ । यससँगै, आज चाँदीको कारोबार मूल्य तोलामा १४ सय ५०० रुपैयाँ छ । हिजो तोलामा १४ सय ५० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी जनताको बलमा सत्तामा पुगेको हो : अध्यक्ष दाहाल
-
मदन–आश्रित हत्याकाण्डको छानबिन हुनुपर्छ : माधव नेपाल
-
शेखरको नजरमा यस्तो छ गभर्नर नियुक्तिमा चलखेल हुनुको कारण
-
धरहराबाट तीन करोड ७३ लाख सङ्कलन
-
सरकारका कमीकमजोरी भए सुधार गर्दै अघि बढ्छौँ : सभापति देउवा
-
‘मदन भण्डारीको योगदानको समीक्षा र कम्युनिस्ट एकता अपरिहार्य’