मेस्सीले विश्वकप जित्दा लगाएको जर्सी लिलामीमा, म्याराडोनालाई उछिन्ने अनुमान
काठमाडौँ । अर्जेन्टिनाले सन् २०२२ को फिफा विश्वकपको उपाधि जित्दा टोलीका कप्तान लियोनल मेस्सीले लगाएको जर्सी लिलामीमा बिक्री गरिने भएको छ । अर्जेन्टिनालाई विश्वकप जिताउने क्रममा ३६ वर्षीय मेस्सीले लगाएको ६ वटा जर्सी लिलामीमा बिक्री गर्न लागिएको हो ।
कतारमा सम्पन्न सन् २०२२ को विश्वकपको फाइनलमा मेस्सी नेतृत्वको अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४—२ गोलले हराएको थियो । मेस्सीको जर्सी अमेरिकाको न्यु योर्कस्थित साथेबीले लिलामी गर्न लागेको समाचारमा जनाइएको छ ।
कीर्तिमानी रुपमा आठपटक बालन डी’ओरको उपाधि जितिसकेका मेस्सीले कतार विश्वकपको फाइनलमा लगाएको जर्सीको सेट ८० लाख पाउन्ड (करिब एक अर्ब ३४ करोड नेपाली रुपैयाँ) भन्दा बढीमा बिक्री हुने अनुमान गरिएको छ । मेस्सी हाल अमेरिकी क्लब इन्टर मियामीबाट ब्यवसायिक फुटबल खेल्छन् ।
यसअघि अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोनाले लगाएको जर्सी सन् २०२२ मा ७१ लाख पाउन्डमा लिलामी भएको थियो । म्याराडोनाले एक खेलका क्रममा हातले गोल गरेका थिए । उनको त्यो गोललाई रेफ्रीले समेत ठम्याउन सकेका थिएनन् ।
त्यसपछि म्याराडोनाले त्यो गोललाई भगवानको हातबाट भएको गोल (ह्यान्ड अफ गड) भनेर सम्बोधन गरेका थिए । म्याराडोनाको त्यो गोल अहिले पनि विश्वभर ‘ह्यान्ड अफ गड’ का नामले चर्चित छ । त्यही खेलमा म्याराडोनाले लगाएको जर्सी सन् २०२२ मा लिलामी गरिएको थियो ।
कतार विश्वकपपछि मेस्सी विश्वकपको इतिहासमा समूहगत चरण, प्रिक्वार्टरफाइनल, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्ने पहिलो खेलाडी बनेका थिए । मेस्सीले लगाएको जर्सी लिलामी गर्नुअघि नोभेम्बर ३० देखि डिसेम्बर १४ सम्म न्यु योर्कमा सर्वसाधारणका लागि प्रदर्शनमा समेत राखिने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण