बारामा झन्डा मेलामा झडप : एसपी भन्छन्–‘स्थित साम्य भइसक्यो’
मङ्गलबार, ०५ मङ्सिर २०८०, १२ : ५९
काठमाडौँ । बाराको पचरौता नगरपालिका–७ स्थित बेनौलीमा झडप हुँदा दुई जना घाइते भए । गए राति महाबिरी झन्डा राख्ने विषयमा एउटै गाउँका दुई समूहबिच झडप भएको हो । झडपमा परेर पचरौता–७ बस्ने ४० वर्षीय लक्ष्मी पटेल र ४२ वर्षीय चण्डीका पटेल घाइते भएका हुन् ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले ८ राउन्ड हवाई फायर गरेको थियो । झन्डा मेलालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नबारे प्रहरीले सोमबार बिहानदेखि छलफल गराए पनि साँझ झडप भएको थियो । साँझ एउटा समूले अर्को समूहलाई आक्रमण गर्दा तनाव सिर्जना भएको तर, अहिले स्थिति नियन्त्रणमा आएको बाराका एसपी सुरेश काफ्लेले रातोपाटीलाई बताए । काफ्ले भन्छन्–‘अहिले स्थिति साम्य भइसक्यो ।’
गत वर्ष झन्डा लाने समूह र समूहको बिचमा आफूले झन्डा लान पाउनुपर्ने बारेमा विवाद भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण