बारामा झन्डा मेलामा झडप : एसपी भन्छन्–‘स्थित साम्य भइसक्यो’
मङ्गलबार, ०५ मङ्सिर २०८०, १२ : ५९

काठमाडौँ । बाराको पचरौता नगरपालिका–७ स्थित बेनौलीमा झडप हुँदा दुई जना घाइते भए । गए राति महाबिरी झन्डा राख्ने विषयमा एउटै गाउँका दुई समूहबिच झडप भएको हो । झडपमा परेर पचरौता–७ बस्ने ४० वर्षीय लक्ष्मी पटेल र ४२ वर्षीय चण्डीका पटेल घाइते भएका हुन् ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले ८ राउन्ड हवाई फायर गरेको थियो । झन्डा मेलालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नबारे प्रहरीले सोमबार बिहानदेखि छलफल गराए पनि साँझ झडप भएको थियो । साँझ एउटा समूले अर्को समूहलाई आक्रमण गर्दा तनाव सिर्जना भएको तर, अहिले स्थिति नियन्त्रणमा आएको बाराका एसपी सुरेश काफ्लेले रातोपाटीलाई बताए । काफ्ले भन्छन्–‘अहिले स्थिति साम्य भइसक्यो ।’
गत वर्ष झन्डा लाने समूह र समूहको बिचमा आफूले झन्डा लान पाउनुपर्ने बारेमा विवाद भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुनरागमन गर्दै बार्सिलोना अन्तिम १६ मा
-
सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसुमाथि कुटपिट
-
गोसाइँकुण्डमा म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण
-
प्रमुख प्रशिक्षक पदमा निरन्तरता दिन राहुल द्रविडलाई बीसीसीआईको प्रस्ताव
-
एम्बाप्पेको विवादित पेनाल्टीले जोगियो पीएसजी, डर्टमण्ड शीर्ष स्थानमा
-
म्याक्सवेलको नाममा अर्को कीर्तिमान, के–के बन्यो रेकर्ड ?