मेलाको विषयमा झडप, बारामा प्रहरीद्वारा आठ राउन्ड गोली फायर
बारा । बारा जिल्लामा मेला लगाउने विषयमा दुई पक्षबिच विवाद हुँदै झडप भएपछि प्रहरीले भीडलाई तितरबितर पार्न हवाई फायर गर्नुपरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रहरीले सोमबार राति ८ राउन्ड गोली फायर गरेको हो ।
प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार सोमबार राति करिब १० बजे जिल्लाको पचरौता नगरपालिका–७ बेनौलीमा झण्डा मेला लगाउने विषयमा गाउँका दुई पक्ष गरी सयौँ मानिसबिच विवाद भएको थियो । यस क्रममा ढुंगामुढा हानाहान तथा झडप समेत हुँदा उक्त स्थानमा तत्काल प्रहरी टोली खटाउँदा अवस्था तनावग्रस्त रहेको र केही व्यक्ति घाइते समेत भएकाले झडपलाई सामान्य बनाउन करिब ११ बजे प्रहरीले दुई राउन्ड गोली हवाईफायर गरी भीडलाई तितरबितर बनाइएको थियो ।
त्यसको केही समयपछि करिब ११ः४५ बजे पुनः झडप सुरु भएपछि प्रहरीले सुरुमा ५ राउन्ड र त्यसपछि १ राउन्ड गरी जम्मा आठ राउन्ड गोली हवाईफायर गरेको न्यौपानेले बताए । त्यसपछि भने स्थिति सामान्य बनेको उनको भनाई छ ।
झडपमा ढुंगा हानाहान हुँदा दुईजना घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते हुनेमा पचरौता–७ बस्ने ४० वर्षीया लक्ष्मी पटेल र सोही स्थान बस्ने ४२ वर्षीया चण्डीका पटेल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम
-
‘स्वस्थ शिशु प्रतिस्पर्धा’ हुँदै, दरखास्त फाराम खुल्यो
-
म्यानचेस्टर सिटीमा आबद्ध भए एन्डरसन, पाँच वर्षको सम्झौतामा हस्ताक्षर
-
लोनमा एस्टन भिल्ला पुगे चेल्सीका विङ्गर गार्नाचो
-
मिटरब्याज सम्बन्धी लिखत अवैध घोषणा: पीडितलाई न्यायको आशासँगै कानुनी जटिलताको चाङ
-
मोड्रिच थप एक वर्ष एसी मिलानमै रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण