इजरायलले दक्षिण अफ्रिकाबाट राजदूत फिर्ता बोलायो
मङ्गलबार, ०५ मङ्सिर २०८०, २० : ५८

तेल अवीव । इजरायलको विदेश मन्त्रालयले सोमबार दक्षिण अफ्रिकी अधिकारीहरूले गरेको पछिल्लो टिप्पणीपछि प्रिटोरियाका लागि इजरायलका राजदूतलाई फिर्ता बोलाएको छ । परामर्शका लागि राजदूतलाई जेरुसेलममा फिर्ता बोलाइएको छ।
केही दिनअघि दक्षिण अफ्रिकाको सत्तारुढ दल अफ्रिकन नेसनल कङ्ग्रेस (एएनसी) ले इजरायलसँगको कूटनीतिक सम्बन्ध तोड्न आह्वान गरेको थियो। एएनसीका प्रवक्ता महलेन्गी भेन्गु-मोत्सिरीले 'हामी पछाडि बसेर इजरायली शासनको नरसंहारी कार्यहरू हेर्न सक्दैनौँ' भन्ने टिप्पणी गरेका छन् ।
इजरायलको यो कदम दक्षिण अफ्रिकाले इजरायलबाट आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको दुई सातापछि आएको हो।-(रासस-एएनआई/टीपीएस)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको बेङ्लोरका दर्जनौं विद्यालयमा बम राखेको ‘अफबाह’ फैलिएपछि....
-
अस्थायी आवासका लागि आज रु २४ करोड पठाइयो
-
निर्देशक पद गएपछि पौडेलको आक्रोशः राणा शासन भन्दा कडा अधिनायकवाद
-
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : कोइराला
-
पूर्वी नेपालमा बढ्यो हात्ती आङ्तक
-
महिला र बालिकालाई भारतमा बिक्री गरेको आरोपमा एक महिला पक्राउ