इजरायलले दक्षिण अफ्रिकाबाट राजदूत फिर्ता बोलायो
मङ्गलबार, ०५ मङ्सिर २०८०, २० : ५८
तेल अवीव । इजरायलको विदेश मन्त्रालयले सोमबार दक्षिण अफ्रिकी अधिकारीहरूले गरेको पछिल्लो टिप्पणीपछि प्रिटोरियाका लागि इजरायलका राजदूतलाई फिर्ता बोलाएको छ । परामर्शका लागि राजदूतलाई जेरुसेलममा फिर्ता बोलाइएको छ।
केही दिनअघि दक्षिण अफ्रिकाको सत्तारुढ दल अफ्रिकन नेसनल कङ्ग्रेस (एएनसी) ले इजरायलसँगको कूटनीतिक सम्बन्ध तोड्न आह्वान गरेको थियो। एएनसीका प्रवक्ता महलेन्गी भेन्गु-मोत्सिरीले 'हामी पछाडि बसेर इजरायली शासनको नरसंहारी कार्यहरू हेर्न सक्दैनौँ' भन्ने टिप्पणी गरेका छन् ।
इजरायलको यो कदम दक्षिण अफ्रिकाले इजरायलबाट आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको दुई सातापछि आएको हो।-(रासस-एएनआई/टीपीएस)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
-
एकोहोरो दबाब दिन थालेपछि पेलेर अघि बढ्ने तयारीमा कोशी सरकार
-
सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण