डीएसपी गोविन्द पन्थी उत्कृष्ट प्रहरी घोषित
बुधबार, ०६ मङ्सिर २०८०, १० : ४८
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डीएसपी गोविन्द पन्थीलाई उत्कृष्ट प्रहरी घोषणा गरेको छ । कार्यालयले उनलाई कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो । पन्थी सो कार्यालयको पिलर–८ को जिम्मेवारीमा छन् ।
पिलर–८ ले वैदेशिक रोजगारीका नाममा हुने ठगीबारे अनुसन्धान गर्दै आएको छ । प्रहरी नायव उपरीक्षक पन्थीले गत महिना नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएका थिए ।
नक्कली कागजात बनाएर विदेश पठाउने गिरोहमा एक जना प्रहरी जवान पनि संलग्न रहेको अनुसन्धानबाट थाहा भएको छ । सो पिलरले पछिल्लो समय वैदेशिक रोजगारीमा पठाउने नाममा ठगी गर्नेहरूलाई धमाधम पक्राउ गरेर कानुनी दायरामा ल्याइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण