आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
युरो २०२४

हालान्डलाई युरो २०२४ मा देख्न नपाइने, लेवान्डोस्कीलाई प्लेअफको भर

यी स्टार खेलाडीले युरोपियन च्याम्पियनसिप गुमाउने
बुधबार, ०६ मङ्सिर २०८०, ११ : १७
बुधबार, ०६ मङ्सिर २०८०

काठमाडौँ । उनले म्यानचेस्टर सिटीका लागि प्रिमियर लिगका ४७ खेलमा ४९ गोल गरेका होलान्, तर अर्लिङ हालान्ड अर्को वर्ष हुने युरोपको सबैभन्दा ठुलो प्रतियोगितामा अनुपस्थित हुने भएका छन् । हालान्डको नर्वे युरो २०२४ का लागि छनोट हुन असफल भएको हो । 

_131779424_nor

हालान्डले छनोटमा नर्वेले गरेका १४ मध्ये ६ गोल गरे पनि किलियान एम्बाप्पे, ह्यारी केन, केभिन डी ब्रयुनाजस्ता खेलाडीहरुसँगै प्रतियोगिता खेल्न नपाउने भएका छन् । हुन पनि नर्वे सन् २००० यता कुनै पनि मुख्य प्रतियोगितामा छनोट हुन सकेको छैन ।

मार्टिन ओडेगार्ड (नर्वे, आर्सनल)

नर्वे छनोट नहुँदा हलान्डका समकक्षी २४ वर्षीय मार्टिन ओडेगार्डलाई पनि युरो २०२४ मा हेर्न पाइने छैन । प्रतियोगिता १४ जुन देखि १४ जुलाईसम्म आयोजना हुँदैछ । 

_131779419_martin1

आर्सनलका कप्तानले गत १२ सेप्टेम्बरमा जर्जियालाई हराउने क्रममा नर्वेका लागि गोल पनि गरेका थिए । तर, नर्वे समूह ए मा स्कटल्याण्डपछि तेस्रो स्थानमा सीमित बन्यो ।

भिक्टर लिन्डेलफ (स्वीडेन, म्यानचेस्टर युनाइटेड)

_131780318_vic

सन् २०२० को युरोमा पोल्याण्ड र स्लोभाकियालाई हराउनका साथै स्पेनलाई बराबरीमा रोक्दा म्यानचेस्टर युनाइटेडका डिफेन्डर भिक्टर लिन्डेलफले तीनवटै खेलमा सुरुवात गरेका थिए । तर, यसपटकको छनोटमा स्वीडेन समूह एफमा बेल्जियम र अस्ट्रियाभन्दा पछि तेस्रो स्थानमा सीमित बन्यो । 

डेजान कुलुभेस्की (स्वीडेन,टोटनह्याम)

_131781272_dejan

लिन्डेलोफजस्तै डेजान कुलुभेस्कीले युरो २०२४ खेल्न नपाउने भएका छन् । प्रिमियर लिग क्लब टोटनह्यामका २३ वर्षीय विंगरले सन् २०२२ मा स्वीडेनको सर्वोत्कृष्ट पुरुष खेलाडीलाई दिइने गुल्डबोलेन हात पारेका थिए । उनले स्वीडेनले खेलका सबै आठ छनोट खेलहरूमा सुरुवात गर्दै एक गोल गर्नुका साथै दुईवटा गोलको अवसर सिर्जना गरे ।

एलेक्सान्डर इसाक (स्वीडेन, न्यूक्यासल)

_131781274_isak

अलेक्सान्डर इसाकले गत सेप्टेम्बरमा पेरिस सेन्ट जर्मेनलाई च्याम्पियन्स लिगमा ४–१ गोलले हराउँदा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सन् २०१७ को जनवरीमा स्लोभाकियालाई ६–० ले हराउँदा उनी स्वीडेनका लागि गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका थिए । त्यतिबेला उनको उमेर मात्र १७ वर्ष, ३ महिना र २२ दिन थियो । उनले पनि युरोपियन च्याम्पियनसिप खेल्न पाउनेछैनन् ।

स्टेफान साभिच (मोन्टेनेगरो, एट्लेटियो मड्रिड)

_131781278_savic

स्टेफान साभिचले म्यानचेस्टर सिटीसँग प्रिमियर लिगको उपाधि जित्नुका साथै उनको हालको क्लब एट्लेटिको मड्रिडसँग ला लिगा र युरोपा लिगको उपाधि जितेका छन् । छनोट खेलहरूमा उनले मोन्टेनेगरोका लागि केही गोल गरे पनि उनको टोलीलाई युरो २०२४ मा छनोट गर्नका लागि पर्याप्त भएन । समूहमा टोली हंगेरी र सर्बियाभन्दा पछि पर्‍यो ।

इभान फर्गुसन (रिपब्लिक अफ आयरल्याण्ड, ब्राइटन)

_131781623_ferguson

उनी मात्र १९ वर्षका छन् तर उनले प्रिमियर लिगमा ह्याट्रिक गरिसकेका छन् । गत मार्चमा लात्भियाविरुद्ध गोल गर्दा उनी रबी किनपछि आयरल्याण्डका लागि गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका थिए । तर, छनोट चरणमा टोली समूहमा चौथो स्थानमा सीमित भएपछि उनले युरो २०२४ मा खेल्न नपाउने भएका छन् ।

जोनी इभान्स (उत्तर आयरल्याण्ड, म्यानचेस्टर युनाइटेड)

_131781627_evans11

जोनी इभान्सले उत्तरी आयरल्याण्डलाई सन् २०१६ को युरोपियन च्याम्पियनसिपमा छनोट हुन मद्दत गरेका थिए । जनवरीमा ३६ वर्ष पुग्ने म्यानचेस्टर युनाइटेडका डिफेन्डरले अझै पनि उत्कृष्ट खेल प्रदर्शन गरिरहेका छन् । तर, टोलीले १० वटा छनोट खेलमध्ये ७ खेल हारेपछि उनी युरो २०२४ मा देखिनेछैनन् ।

प्लेअफको भर

रोबर्ट लोवान्डोस्की (पोल्याण्ड, बार्सिलोना)

_131782059_robert

बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोस्की आफ्नो पुस्ताको महान् गोलकर्तामध्ये एक हुन् । अब पोल्याण्ड युरो २०२४ मा छनोट हुने/नहुने भार उनको काँधमा रहेको छ । पोल्याण्डले प्लेअफमार्फत जर्मनीमा हुने प्रतियोगिताका लागि छनोट हुनुपर्नेछ । टोली समूहमा अल्बानिया र चेक रिपब्लिकभन्दा पछि परेको थियो ।

मिखाइलो मुड्रिक (युक्रेन, चेल्सी)

_131786572_gettyimages-1806483403

विंगर मिखाइलो मुड्रिक गत जनवरीमा ८.९ करोडमा चेल्सीसँग आबद्ध भएका थिए । अब युक्रेनलाई प्लेअफमार्फत युरो २०२४ मा पुर्‍याउन उनले थप मिहिनेत गर्नुपर्ने देखिएको छ । गत सोमबार इटालीसँगको खेलमा उनी भिडियो एसिस्टेन्ट रेफ्रीको विवादको केन्द्रमा थिए । उनको पेनाल्टीको आग्रहलाई अस्वीकार गरिएको थियो । सो पेनाल्टीमार्फत गोल गरेको भए युक्रेन स्वतः प्रतियोगितामा छनोट हुने थियो ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप