बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ज्याकी च्यान र राल्फ मचिनो नयाँ कराँते किडमा एकसाथ देखिने

बुधबार, ०६ मङ्सिर २०८०, १७ : २५
बुधबार, ०६ मङ्सिर २०८०

काठमाडौँ । राँते किडको फरक फरक भर्जनमा ज्याकी च्यान र राल्फ मचिनोले दमदार भूमिका निर्वाह गरेका थिए । पहिलो कराँते किडमा राल्फ मचिनो कराँते किड थिए भने सन् २०१० को संस्करणमा च्यान कराँते किडलाई कराँते सिकाउने गुरु । 

आफ्नो पालामा दुबैको फिल्म ब्लकबष्टर रहेका थिए । झन्डै अढाई दशकको अन्तरमा आएको यी दुवै फिल्मलाई दर्शकहरुले निकै मन पराएका थिए । सोनी पिक्चर्सको यस चर्चित मार्सल आर्टस् फिल्मको नयाँ संस्करणका लागि यी दुवै अभिनेताहरुले टिम अप गरेका छन् । 

जोनाथन एन्टविष्टलको निर्देशनमा बन्न लागेको यो फिल्मको निर्माता कारेन रोसेनफेल्ट रहनेछन् । सोनी पिक्चर्सले यो फिल्म सन् २०२४ को डिसेम्बरमा रिलिज गर्ने बताइएको छ । अहिलेसम्म फिल्मको कथा गोप्य राखिएको छ । यद्यपि यो फिल्मा ओरिजिनल फ्रेन्चाइजीकै वरीपरि रहने बताइएको छ । नयाँ फिल्ममा ओरिजिनल फिल्ममा ड्यानिएल लारुस्सोको रुपमा मचिनोको भूमिकामा दोहोरिनेछ । 

यो वर्षको शुरुमा नेटफ्लिक्सको चर्चित सिरिज कोब्रा काईको छैठौं अनि अन्तिम सिजन आएको थियो । यसमा मचिनोले ड्यानिएलको भूमिका निर्वाह गरेका थिए । 

कोब्रा काई अघि करोटे किडमा ५ फिल्म आएका थिए । सन् १९८४ यता आएका ती फिल्मले विश्वभर ४३ करोड डलर ग्रस कलेक्शन गरेका थिए । पहिलो कराँते किड सन् १९८४ मा आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप