पोखरामा आजदेखि केपी ओली कप क्रिकेट
बिहीबार, ०७ मङ्सिर २०८०, ०९ : ५५
पोखरा । पोखरामा आजदेखि केपी ओली कप टि-२० क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा १५ गतेसम्म हुने प्रतियोगितामा १२ टिम सहभागी छन् ।
प्रतियोगिताको उद्घाटन एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । प्रतियोगितामा सात प्रदेशका सात टिम, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीका दुई टोली हुनेछन् ।
सहभागीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता सेमिफाइनलमा पुग्नेछ । च्याम्पियन टोलीले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण