आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पोखरामा आजदेखि केपी ओली कप क्रिकेट

बिहीबार, ०७ मङ्सिर २०८०, ०९ : ५५
बिहीबार, ०७ मङ्सिर २०८०

पोखरा ।  पोखरामा आजदेखि केपी ओली कप टि-२० क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा १५ गतेसम्म  हुने प्रतियोगितामा १२ टिम सहभागी छन् । 

प्रतियोगिताको उद्घाटन एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । प्रतियोगितामा सात प्रदेशका सात टिम, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीका दुई टोली हुनेछन् ।

सहभागीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता सेमिफाइनलमा पुग्नेछ । च्याम्पियन टोलीले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप