राष्ट्रपति पौडेलले गरे तुलसीको विशेष पूजा अर्चना
बिहीबार, ०७ मङ्सिर २०८०, ११ : ३९
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ कार्तिक शुक्ल एकादशी अर्थात हरि बोधिनी एकादशी पर्वका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विशेष पूजा अर्चना गरेका छन् ।
राष्ट्रपति निवास शीतल निवासमा उनीहरूले आज तुलसीको विशेष पूजा अर्चना गर्नुभएको राष्ट्रपति कार्यालयको ट्वीटरमा उल्लेख छ ।
आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने प्रचलन रहेको छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाउने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण