मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

खेलाडी समर्पित नभए खेलको गुणस्तर बढ्दैन : ओली

बिहीबार, ०७ मङ्सिर २०८०, १४ : २९
बिहीबार, ०७ मङ्सिर २०८०

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलको गुणस्तर बढाउन खेलाडीको पूर्ण समर्पण आवश्यक पर्ने बताएका छन् । पोखरामा सुरु भएको केपी ओली टी–२० क्रिकेट उद्घाटन गर्दै उनले खेलाडीको समर्पणले नै खेलको गुणस्तर बढ्ने बताए । 

‘खेलाडी खेलमा समर्पित हुन आर्थिक परिवेश, जीवन, परिवार पनि सम्बन्धित हुन्छन्,’ उनले भने, ‘अहिले केही खेलहरु व्यावसायिक रुपमा विकास हुन थालेका छन् । जबसम्म खेल क्षेत्र र खेलाडी व्यावसायिक रुपमा पूर्ण समर्पित भएर जान सक्दैनन् तबसम्म खेल क्षेत्रको गुणस्तर उठ्न सक्दैन ।’

खेलाडीको समर्पणको व्यवस्था सरकारले मिलाउनुपर्ने उनको भनाइ छ । उनले सरकारसँग खेल क्षेत्रको विकासका लागि आवश्यक समन्वय गर्ने सुनाए । पूरै सम्बोधन खेल र खेलाडीको समर्थनमा खर्चिएका उनले खेलका पूर्वाधार विकासमा उल्लेख्य काम हुन नसकेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप