खेलाडी समर्पित नभए खेलको गुणस्तर बढ्दैन : ओली
बिहीबार, ०७ मङ्सिर २०८०, १४ : २९
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलको गुणस्तर बढाउन खेलाडीको पूर्ण समर्पण आवश्यक पर्ने बताएका छन् । पोखरामा सुरु भएको केपी ओली टी–२० क्रिकेट उद्घाटन गर्दै उनले खेलाडीको समर्पणले नै खेलको गुणस्तर बढ्ने बताए ।
‘खेलाडी खेलमा समर्पित हुन आर्थिक परिवेश, जीवन, परिवार पनि सम्बन्धित हुन्छन्,’ उनले भने, ‘अहिले केही खेलहरु व्यावसायिक रुपमा विकास हुन थालेका छन् । जबसम्म खेल क्षेत्र र खेलाडी व्यावसायिक रुपमा पूर्ण समर्पित भएर जान सक्दैनन् तबसम्म खेल क्षेत्रको गुणस्तर उठ्न सक्दैन ।’
खेलाडीको समर्पणको व्यवस्था सरकारले मिलाउनुपर्ने उनको भनाइ छ । उनले सरकारसँग खेल क्षेत्रको विकासका लागि आवश्यक समन्वय गर्ने सुनाए । पूरै सम्बोधन खेल र खेलाडीको समर्थनमा खर्चिएका उनले खेलका पूर्वाधार विकासमा उल्लेख्य काम हुन नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
-
५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण