आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नदीले बगाएर वृद्ध बेपत्ता

बिहीबार, ०७ मङ्सिर २०८०, १५ : ५९
बिहीबार, ०७ मङ्सिर २०८०

तनहुँ । तनहुँमा एक जना वृद्ध नदीले बगाई बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ब्यास नगरपालिका–२ डाङग्रे खोल्सी बस्ने ९२ वर्षीय गणेशकुमार श्रेष्ठ रहेका छन् ।

बुधबार बिहान खान खाएर घरबाट निस्केका श्रेष्ठ अबेरसम्म घर नफर्केपछि उनको परिवार र छिमेकीले खोजतलास गर्ने क्रममा पञ्चमन्दिर नजिक सेती र मादी नदीको संगमस्थल किनारामा उनले लगाएको कपडा, चप्पल, लौरी, घडी र ज्येष्ठ नागरिक परिचय पत्र फेला परेको थियो । उनी नदीले बगाई बेपत्ता भएको हुनसक्ने आङ्कलन प्रहरीको रहेको छ ।

प्रहरीले उक्त नदीमा खोजतलास गरिरहेको र हालसम्म फेला नपरेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप