नदीले बगाएर वृद्ध बेपत्ता
बिहीबार, ०७ मङ्सिर २०८०, १५ : ५९
तनहुँ । तनहुँमा एक जना वृद्ध नदीले बगाई बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ब्यास नगरपालिका–२ डाङग्रे खोल्सी बस्ने ९२ वर्षीय गणेशकुमार श्रेष्ठ रहेका छन् ।
बुधबार बिहान खान खाएर घरबाट निस्केका श्रेष्ठ अबेरसम्म घर नफर्केपछि उनको परिवार र छिमेकीले खोजतलास गर्ने क्रममा पञ्चमन्दिर नजिक सेती र मादी नदीको संगमस्थल किनारामा उनले लगाएको कपडा, चप्पल, लौरी, घडी र ज्येष्ठ नागरिक परिचय पत्र फेला परेको थियो । उनी नदीले बगाई बेपत्ता भएको हुनसक्ने आङ्कलन प्रहरीको रहेको छ ।
प्रहरीले उक्त नदीमा खोजतलास गरिरहेको र हालसम्म फेला नपरेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण