आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

केपी ओली कप : आज कर्णालीले बागमतीको र गण्डकीले सशस्त्र प्रहरीको सामना गर्ने

शुक्रबार, ०८ मङ्सिर २०८०, ०६ : १३
शुक्रबार, ०८ मङ्सिर २०८०

कास्की । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी  प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा आज कर्णाली र बागमती प्रदेश तथा दोस्रो खेल गण्डकी प्रदेश र सशस्त्र प्रहरीको एपिएफ क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । 

प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ र आयोजक मदन भण्डारी एकेडेमीको दुई गरी १२ टोलीले प्रतिस्पर्धामा छन् । 

यसअघि हिजो बागमती प्रदेशले विजयी सुरुआत गरेको थियो । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी (रातो)लाई एक सय नौ रनले पराजित गरी बागमतीले विजयी सुरुआत गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप