नेपाल सुपर लिग फुटबल : आज पोखराले चितवन र लुम्बिनीले ललितपुरको सामना गर्ने
शनिबार, ०९ मङ्सिर २०८०, ०६ : १६
काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुनेछन् । पहिलो खेल पोखरा थन्डर्स र एफसी चितवनबिच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल लुम्बिनी एफसी र ललितपुर सिटी एफसी भिड्नेछन् ।
आगामी पुस १४ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न नौ टोलीको सहभागिता रहेको छ । जसमा काठमाडौँ रेजर्ससहित ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी छन् ।
त्यस्तै झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची प्रतियोगितामा सहभागी छन् । सबै टोलीले लिग चरणमा एक आपसमा खेलेपछि चार टिम प्लेअफमा पुग्नेछन् । प्रतियोगिताको विजेताले रु ७० लाख पाउने आयोजकले जनाएको छ ।
यसअघि हिजो भएको उद्घाटन खेलमा साबिक विजेता काठमाडौँ रेजर्सले नवप्रवेशी टोली स्पोर्टिङ इलाम डि मेचीलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण