सातामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौँ । यो साता नेपाली बजारमा सुनचाँदीको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य ८०० रुपैयाँले बढेको हो ।
महासङ्घका अनुसार गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार ५०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १४ हजार ४५० रुपैयाँ थियो । यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य १ लाख १८ हजार ३०० पुगेको हो ।
यस्तै, यो साता १० ग्राम सुनको मूल्यमा ६८५ रुपैयाँको वृद्धि आएको छ । गत साताको शुक्रबार १० ग्राम सुनको मूल्य ९९ हजार २५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा ९९ हजार ७१० रुपैयाँ कायम भएको हो ।
यसैगरी, यो साता चाँदीको मूल्यमा भने स्थिरता कायम छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ कायम थियो । जुन, हिजो शुक्रबार समेत यही मूल्यमा कारोबार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण