शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सातामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

शनिबार, ०९ मङ्सिर २०८०, १० : २९
शनिबार, ०९ मङ्सिर २०८०

काठमाडौँ । यो साता नेपाली बजारमा सुनचाँदीको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य ८०० रुपैयाँले बढेको हो ।

महासङ्घका अनुसार गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार ५०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १४ हजार ४५० रुपैयाँ थियो । यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य १ लाख १८ हजार ३०० पुगेको हो ।

यस्तै, यो साता १० ग्राम सुनको मूल्यमा ६८५ रुपैयाँको वृद्धि आएको छ । गत साताको शुक्रबार १० ग्राम सुनको मूल्य ९९ हजार २५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा ९९ हजार ७१० रुपैयाँ कायम भएको हो ।

यसैगरी, यो साता चाँदीको मूल्यमा भने स्थिरता कायम छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ कायम थियो । जुन, हिजो शुक्रबार समेत यही मूल्यमा कारोबार भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप