सरकारी छाप दस्तखत किर्तेमा संलग्न पाँच जना पक्राउ
शनिबार, ०९ मङ्सिर २०८०, १४ : १४
मोरङ । सरकारी छाप र दस्तखत किर्ते कसुरमा संलग्न रही फरार रहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । गत कार्तिक २ गते वारदात घटाई फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले रतुवामाई नगरपालिका–४ झुर्कियाबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रञ्जन कुमार दाहालले जानकारी दिएका हुन् ।
पक्राउ पर्नेमा ६५ वर्षीय चेतनलाल राजवंशी, ६२ वर्षीया झरियादेवि राजवंशी, ६३ वर्षीय विष्णु राजवंशी, ६३ वर्षीय पैखन लाल राजवंशी र ६४ वर्षीय कन्हारु लाल केवरत छन् । उनीहरुविरुद्ध रतुवामाई नगरपालिका–३ का वडाध्यक्ष देवीलाल तेजपुरियाले जाहेरी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण