आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्यो अनेरास्ववियू

आइतबार, १० मङ्सिर २०८०, ०७ : १६
आइतबार, १० मङ्सिर २०८०

जाजरकोट ।  नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले शनिबारदेखि भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणमा आफ्नो सक्रियता बढाएको छ । संगठनकी अध्यक्ष आरती लामा नेतृत्वको टोली स्थानीयका लागि अस्थायी संरचना निर्माण गर्ने र भूकम्पबाट ध्वस्त भएका घरहरू पन्छाउने काममा जुटेको हो । 

अध्यक्ष लामाले कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट अनेरास्ववियूका नेता कार्यकर्ताहरु प्रभावित क्षेत्रमा पुगिसकेको र राजधानी लगायत अन्य प्रदेशबाट समेत कार्यकर्ताहरु श्रमदानका लागि आइरहेको बताइन् ।  प्रभावित क्षेत्रमा अनेरास्ववियूका केन्द्रीय पदाधिकारी, प्रदेश, जिल्ला तथा क्याम्पस स्तरीय नेता, कार्यकर्ता जुटिरहेका छन् । 

‘हाम्रो उद्देश्य भनेको भुकम्पबाट प्रभावित विद्यार्थीको पठन पाठन सुचारु र व्यवस्थित गर्ने, उनीहरुलाई जाडोबाट सुरक्षित बनाउन न्यानो लुगाको प्रबन्ध गर्ने  र अन्य वास्तविक पीडितहरुको चाहना र माग अनुसार अस्थायी संरचना निर्माणको काम गर्ने हो,' अध्यक्ष लामाले भनिन्, 'हाम्रो टोली मुलतः भत्किएका विद्यालयहरु पन्छाउने र विद्यार्थीलाई अविलम्ब पढ्ने वातावरण मिलाउने काममा केन्द्रित हुन्छ ।'

अनेरास्ववियूले विद्यार्थीलाई उच्च प्राथमिकतामा राखेर राहत तथा पुनः निर्माणमा जोड दिने उनको भनाइ छ । अनेरास्ववियूले तिहारको समयमा राजधानीमा देउसी र भैलो आयोजना गरी उठेको सहयोग रकमबाट पुनः निर्माणको काममा जुट्ने निर्णय गरे बमोजिम जाजरकोटमा सक्रियता बढाएको हो । पहिलो चरणमा ५० जना कार्यकर्ता यो काममा सक्रियताका साथ खट्ने अखिलको योजना छ ।

अध्यक्ष लामाले प्रशासनले व्यवस्थित किसिमले काम गर्न नसकिरहेको देखिएकोले यस कामको सहजीकरणका लागि पनि अनेरास्ववियूले प्रशासन सँग समन्वय गरिरहेको जानकारी दिइन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप