भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्यो अनेरास्ववियू
जाजरकोट । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले शनिबारदेखि भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणमा आफ्नो सक्रियता बढाएको छ । संगठनकी अध्यक्ष आरती लामा नेतृत्वको टोली स्थानीयका लागि अस्थायी संरचना निर्माण गर्ने र भूकम्पबाट ध्वस्त भएका घरहरू पन्छाउने काममा जुटेको हो ।
अध्यक्ष लामाले कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट अनेरास्ववियूका नेता कार्यकर्ताहरु प्रभावित क्षेत्रमा पुगिसकेको र राजधानी लगायत अन्य प्रदेशबाट समेत कार्यकर्ताहरु श्रमदानका लागि आइरहेको बताइन् । प्रभावित क्षेत्रमा अनेरास्ववियूका केन्द्रीय पदाधिकारी, प्रदेश, जिल्ला तथा क्याम्पस स्तरीय नेता, कार्यकर्ता जुटिरहेका छन् ।
‘हाम्रो उद्देश्य भनेको भुकम्पबाट प्रभावित विद्यार्थीको पठन पाठन सुचारु र व्यवस्थित गर्ने, उनीहरुलाई जाडोबाट सुरक्षित बनाउन न्यानो लुगाको प्रबन्ध गर्ने र अन्य वास्तविक पीडितहरुको चाहना र माग अनुसार अस्थायी संरचना निर्माणको काम गर्ने हो,' अध्यक्ष लामाले भनिन्, 'हाम्रो टोली मुलतः भत्किएका विद्यालयहरु पन्छाउने र विद्यार्थीलाई अविलम्ब पढ्ने वातावरण मिलाउने काममा केन्द्रित हुन्छ ।'
अनेरास्ववियूले विद्यार्थीलाई उच्च प्राथमिकतामा राखेर राहत तथा पुनः निर्माणमा जोड दिने उनको भनाइ छ । अनेरास्ववियूले तिहारको समयमा राजधानीमा देउसी र भैलो आयोजना गरी उठेको सहयोग रकमबाट पुनः निर्माणको काममा जुट्ने निर्णय गरे बमोजिम जाजरकोटमा सक्रियता बढाएको हो । पहिलो चरणमा ५० जना कार्यकर्ता यो काममा सक्रियताका साथ खट्ने अखिलको योजना छ ।
अध्यक्ष लामाले प्रशासनले व्यवस्थित किसिमले काम गर्न नसकिरहेको देखिएकोले यस कामको सहजीकरणका लागि पनि अनेरास्ववियूले प्रशासन सँग समन्वय गरिरहेको जानकारी दिइन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण