दक्षिण कोरियाका गुप्तचर प्रमुखद्वारा राजीनामा
सोल । छिमेकी उत्तर कोरियाको आणविक हतियार र मिसाइल कार्यक्रमलाई लिएर तनाव बढ्न थालेपछि दक्षिण कोरियाको गुप्तचर एजेन्सीका प्रमुखले आइतबार पदबाट राजीनामा दिएको योन्हाप समाचार एजेन्सीले बताएको छ ।
राष्ट्रपति युन सुक येओलले राष्ट्रिय गुप्तचर सेवा (एनआइएस) का निर्देशक किम क्यु–ह्युनको राजीनामा स्वीकार गर्नुभएको योन्हापले कुनै विवरण उल्लेख नगरी बताएको छ । एनआइएसका अन्य दुई वरिष्ठ अधिकारीले पनि राजीनामा दिएका छन् ।
स्थानीय मिडिया रिपोर्टहरूका अनुसार यस वर्षको जुनदेखि गुप्तर एजेन्सीमा चलिरहेका कर्मचारी व्यवस्थापनका मुद्दाहरूसँग ती राजीनामा जोडिएको देखिन्छ ।
उत्तर कोरियाले उसको हतियार कार्यक्रमहरूको विकासमा तीव्रता दिइरहेको र यसै साताको सुरुमा उसले आफ्नो पहिलो सैन्य उपग्रह सफलतापूर्वक अन्तरिक्ष कक्षमा स्थापना गरेपछि यो परिवर्तन आएको हो ।
पूर्वउपराष्ट्रिय सुरक्षा सल्लाहकार तथा करियर कूटनीतिज्ञ किमलाई युनको चुनाव विजयपछि सन् २०२२ मेमा गुप्तचर प्रमुखमा नियुक्त गरिएको थियो ।
योन्हापका अनुसार किमले युनको प्रशासन सम्हालेपछिको अवधिमा ‘मुलुकको शीर्ष सुरक्षा तथा गुप्तचर एजेन्सीका रूपमा एनआइएसको प्रतिष्ठालाई पुनः स्थापित गर्न’ काम गरेको राष्ट्रपति कार्यालयले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण