न्युनतम मूल्यमा दुध खरिद गर्न निर्देशन

काठमाडौँ । निर्धारित न्युनतम खरिद मूल्य अनुसार किसानबाट दुध खरिद गर्न सरोकारवाला निकायलाई सरकारले निर्देशन दिएको छ । चार युनिट फ्याट र ८ युनिट एसएनएफ भएको प्रतिलिटर कच्चा दुधको ६५ रुपैयाँ मूल्य निर्धारण गरिए अनुसार किसानबाट दुध खरिद गर्न राष्ट्रिय दुग्ध विकास बोर्डले सरोकारवाला निकायलाई निर्देशन दिएको हो ।
२०७९ फागुन १९ गते बसेको मन्त्रीपरिषद्को बैठकले दुधको सो मूल्य निर्धारण गरिएको बोर्डका कार्यवाहक कार्यकारी निर्देशक डा. बालक चौधरीले बताए ।
पछिल्लो समयमा निर्धारित मूल्यभन्दा कम मूल्यमा किसानबाट दुध खरिद गरी बजारमा महँगोमा बिक्री गरेको गुनासोको आधारमा बोर्डले आइतबार न्युनतम मूल्यमा दुध खरिद गर्न निर्देशन दिएको डा.चौधरीले जानकारी दिए ।
यस्तै, दुई देखि चार महिनादेखि बाँकी रहेको दुध खरिद वापतको रकम भुक्तानी गर्न पनि बोर्डले डेरी उद्योगीलाई निर्देशन दिएको छ । सो रकम चुक्ता गरिसकेपछि किसानबाट दुध खरिद गरि नियमित रुपमा उद्योगी व्यवसायीले १५÷१५ दिनमा रकम भुक्तानी गर्नसमेत निर्देशन दिइएको डा.चौधरीले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजना नीति तथा कार्यक्रममा किन समेटिएन ?
-
फेवातालमा पर्यटक सवार डुङ्गा पल्टियो
-
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले गर्यो अनिश्चितकालीन आन्दोलनको घोषणा
-
अध्यक्ष प्रचण्ड र भाजपा नेता कोशियारीबिच भेटवार्ता
-
निरञ्जनी अखडाका प्रमुख गिरीले भेटे देउवालाई
-
नेपाल–भारत सीमानामा ‘हाई अलर्ट’