न्युनतम मूल्यमा दुध खरिद गर्न निर्देशन
काठमाडौँ । निर्धारित न्युनतम खरिद मूल्य अनुसार किसानबाट दुध खरिद गर्न सरोकारवाला निकायलाई सरकारले निर्देशन दिएको छ । चार युनिट फ्याट र ८ युनिट एसएनएफ भएको प्रतिलिटर कच्चा दुधको ६५ रुपैयाँ मूल्य निर्धारण गरिए अनुसार किसानबाट दुध खरिद गर्न राष्ट्रिय दुग्ध विकास बोर्डले सरोकारवाला निकायलाई निर्देशन दिएको हो ।
२०७९ फागुन १९ गते बसेको मन्त्रीपरिषद्को बैठकले दुधको सो मूल्य निर्धारण गरिएको बोर्डका कार्यवाहक कार्यकारी निर्देशक डा. बालक चौधरीले बताए ।
पछिल्लो समयमा निर्धारित मूल्यभन्दा कम मूल्यमा किसानबाट दुध खरिद गरी बजारमा महँगोमा बिक्री गरेको गुनासोको आधारमा बोर्डले आइतबार न्युनतम मूल्यमा दुध खरिद गर्न निर्देशन दिएको डा.चौधरीले जानकारी दिए ।
यस्तै, दुई देखि चार महिनादेखि बाँकी रहेको दुध खरिद वापतको रकम भुक्तानी गर्न पनि बोर्डले डेरी उद्योगीलाई निर्देशन दिएको छ । सो रकम चुक्ता गरिसकेपछि किसानबाट दुध खरिद गरि नियमित रुपमा उद्योगी व्यवसायीले १५÷१५ दिनमा रकम भुक्तानी गर्नसमेत निर्देशन दिइएको डा.चौधरीले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण