खाद्य व्यवसाय गर्दै ज्याक मा
बेजिङ । कुनै बेला चीनको प्रविधि क्षेत्रका ‘पोष्टर ब्वाई’ थिए ज्याक मा । त्यहाँको सबैभन्दा ठूलो अनलाइन खुद्रा कम्पनी अलिबाबाका सह–संस्थापक समेत रहेका मा अब भने खाद्य व्यवसायतिर लाग्न लागेका छन् ।
बुधबार माले ‘हाङचाउ माज किचन फूड’ भन्ने खाद्य कम्पनी खोलेका छन् । हाङचाउ माको गृह नगर हो । यो कम्पनी १ करोड चिनियाँ येन (१४ लाख अमेरिकी डलर) दर्ता पूँजीसहित खुलेको भन्दै अलिबाबाकै स्वामित्वमा रहेको पत्रिका साउथ चाइना मर्निङ पोष्टले एक समाचारमा भनेको भनेको थियो । यो कम्पनीको सबै स्वामित्व माको लगानी भएको कम्पनीको नाममा भएको बताइएको छ ।
कम्पनीले प्रि–प्याकेज्ड खानेकुराको विक्री गर्नुको साथै कृषिजन्य उपजको प्रशोधन र खुद्रा विक्री समेत गर्ने बताइएको छ । चीन सरकारले माको प्रविधि कम्पनीमाथि कडाइ गरेयता प्रविधि क्षेत्रमा माको रुचि घट्दै गएको छ । सन् २०२० मा माले सार्वजनिक भाषणमा चीनको वित्तीय नियामक प्रणालीविरुद्ध अभिव्यक्ति दिएपछि चीन सरकार मासँग चिढिएको थियो । चिनियाँ अधिकारीहरु उनको कम्पनीहरुविरुद्ध हात धोएर पछि लागेका थिए । आइपीओ जारी हुनै लाग्दा अधिकारीहरुले एन्ट फाइनान्सियलको आइपीओमा रोक लगाइदिए । माको कम्पनीलाई अर्बौ डलर जरिवाना समेत तिराइयो ।
त्यसपछि २ वर्षसम्म मा बेपत्ता भए । कुनै बेला एशियाकै धनी व्यक्ति उनको व्यक्तिगत सम्पत्ति पनि घटेर आधाभन्दा तल आएको छ । उनले अर्बौ डलर गुमाए । त्यसपछि उनी सार्वजनिक स्थलमा खासै देखिएका थिएनन् । गएको केही वर्षयता मा विश्वभर डुल्दै एग्रोटेकको अध्ययन गरिरहेका छन् । उनी कहिले स्पेन, कहिले जापान, कहिले नेदरल्यान्ड त कहिले थाइल्यान्डमा भेटिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण