इजरायल र हमास बिचको युद्धविराम सम्झौता आज समाप्त हुँदै, थपिएला समय ?
तेल अभिभ । इजरायल-हमास सम्झौता अन्तर्गत बन्धकहरूको अन्तिम समूह आज रिहा हुनेछन् । प्रत्येक इजरायली बन्धकको बदलामा, इजरायलले आफ्नो जेलबाट तीन प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्दैछ।
उक्त सम्झौताअनुसार शुक्रबारदेखि लागू हुने गरी चार दिने अस्थायी युद्धविराम घोषणा गरिएको थियो । सोमबार यो युद्धविरामको चौथो दिन हो। तर दुई पक्षबिचको युद्धविरामको अवधि बढ्न सक्ने सङ्केतहरू देखिएका छन्।
इजरायलले यो सम्झौताको औपचारिक घोषणा गर्दा उक्त सम्झौतामा प्रत्येक थप १० जना बन्धकलाई रिहा गर्ने बदलामा यो अस्थायी युद्धविराम २४ घण्टाका लागि लम्ब्याइने बताएको थियो । हमासले यो युद्धविरामको अवधि बढाउन तयार हुन सक्ने बताएको छ ।
एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले बीबीसीसँग कुराकानी गर्दै हमासले मध्यस्थकर्ताहरूलाई थप २० देखि ४० जना बन्धकहरूलाई रिहाइको सट्टामा दुईदेखि चार दिनका लागि युद्धविराम लम्ब्याउन चाहेको बताएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसअघि नै सम्झौतालाई अगाडि बढाउन आफू तयार रहेको बताएका छन् । तर उनले ‘सम्झौता अन्तर्गत लागू गरिएको अस्थायी युद्धविराम समाप्त हुनासाथ इजरायलले पूर्ण शक्तिका साथ आक्रमण गर्ने पनि भनेका छन् ।
हालको सम्झौता अन्तर्गत हमासले कुल ५० इजरायली बन्धकहरूलाई रिहा गर्दैछ र बदलामा इजरायलले आफ्नो जेलबाट जम्मा १५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
-
एकोहोरो दबाब दिन थालेपछि पेलेर अघि बढ्ने तयारीमा कोशी सरकार
-
सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो
-
जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त
-
‘एन्फा अध्यक्षले राष्ट्रको शिर झुकाउने काम गरे, देशद्रोहमा कारवाही हुनुपर्छ’
-
भेनेजुएलालाई चीनको सहायता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण