खोटाङका सञ्जिपले जिते ‘हिमालय रोडिज सिजन ५’ को उपाधि
मङ्गलबार, १२ मङ्सिर २०८०, १० : २०
काठमाडौँ । ‘हिमालय रोडिज सिजन ५’को उपाधि खोटाङका सञ्जिप राईले चुमेका छन् । सोमबार सम्पन्न ग्राण्ड फिनालेमा विजेता बनेका राईले १० लाख नगदका साथै मोटरसाइकल समेत हात परेका छन् ।
प्रतियोगितामा विश्व मगर उपविजेता भए । मगरले ५० हजार रुपैयाँ प्राप्त गरे । हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुषालसहित कार्यक्रमका प्रायोजकहरुले विजेतालाई पुरस्कार प्रदान गरेका थिए ।
लाहुरे बन्ने सपना पालेका सञ्जीवले अहिलेसम्म ४ वटा गीत सार्वजनिक गरिसकेका छन् ।
गत साउनबाट सुरु भएको पाँचौ सिजनको डिजिटल अडिसनमा चार हजार ४०० र फिजिकल अडिसनतर्फ एक हजार ११६ जना सहभागी थिए । ‘पावर अफ फाइभ’को थिममा पाँचौ सिजन अगाडि बढेको थियो । शोमा र्यापर लाउरेसहित अभिनेता अनुपविक्रम शाही, अभिनेत्रीद्वय दीया मास्के र प्रियंका कार्की ग्याङ लिडरको रूपमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
-
गण्डकीमा सत्ता समीकरणः तीन विकल्पमा छलफल गर्दै एमाले
-
कैलाली र कञ्चनपुरमा विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउन उच्चस्तरीय बैठक
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण