दमकबाट ‘यो मन त मेरो नेपाली हो’ को छायांकन सुरु
मङ्गलबार, १२ मङ्सिर २०८०, ११ : ३७
काठमाडौँ । फिल्म ‘यो मन त मेरो नेपाली हो’ को छायांकन सुरु भएको छ । सोमबार दमकको पशुपतिनाथ मन्दिरमा पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । फिल्ममा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, सञ्जीत भण्डारी, मेग सुवेदी, नारायण खाती लगायतको अभिनय रहनेछ ।
पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुतिमा मित्र प्रधान (नर ) को निर्माण र निर्देशन रहेको फिल्मले विदेशमा रहेका नेपालीको विषयवस्तु कथा बनाएको छ ।
फिल्मको छायांकन दमकपछि सिक्कीम, म्यानमार, देहरादुन, क्यानडा, अमेरिका लगायतमा समेत हुनेछ । फिल्ममा दीपक शर्माको संगीत, सौरव लामाको छायांकन, देव महर्जनको द्वन्द्व, समिर मियाको भिएफयक्स, कविराज गहतराजको कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण