दमकबाट ‘यो मन त मेरो नेपाली हो’ को छायांकन सुरु
मङ्गलबार, १२ मङ्सिर २०८०, ११ : ३७

काठमाडौँ । फिल्म ‘यो मन त मेरो नेपाली हो’ को छायांकन सुरु भएको छ । सोमबार दमकको पशुपतिनाथ मन्दिरमा पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । फिल्ममा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, सञ्जीत भण्डारी, मेग सुवेदी, नारायण खाती लगायतको अभिनय रहनेछ ।
पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुतिमा मित्र प्रधान (नर ) को निर्माण र निर्देशन रहेको फिल्मले विदेशमा रहेका नेपालीको विषयवस्तु कथा बनाएको छ ।
फिल्मको छायांकन दमकपछि सिक्कीम, म्यानमार, देहरादुन, क्यानडा, अमेरिका लगायतमा समेत हुनेछ । फिल्ममा दीपक शर्माको संगीत, सौरव लामाको छायांकन, देव महर्जनको द्वन्द्व, समिर मियाको भिएफयक्स, कविराज गहतराजको कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीलाई प्रधानमन्त्रीको जवाफ : जेठ १५ मा प्रतिगामी सपना पूरा हुँदैन
-
शिक्षा मन्त्रालयले रोक्यो कोरियाको एनओसी
-
पूर्वाधारका सबै परियोजना पुनःप्राथमिकीकरण : प्रधानमन्त्री
-
विद्यालय शिक्षा र निजामती सेवासहित ६ विधेयक पास गर्ने सरकारको योजना
-
नीति तथा कार्यक्रमबारे प्रभु साहको टिप्पणी : यो त डायबिटिजको बिरामीलाई मिठाई खुवाएजस्तै हो
-
कुलिङ पिरियडको अवधि र सेवाको उमेर हदमा देखिएको मतान्तरलाई सहमतिबाट टुङ्ग्याउँछौँ : गृहमन्त्री लेखक