एनआरएनए विवाद : असन्तुष्ट पक्षले लेटरहेड र लोगो अनधिकृत रुपमा प्रयोग गरेको आरोप
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को संस्थापन पक्षले असन्तुष्ट पक्षले लेटरहेड र लोगो अनधिकृत रुपमा प्रयोग गरेर पत्रकार सम्मेलन बोलाएको बताएको छ । संघका प्रवक्ता फणीन्द्र पन्तले मंगलबार जारी गरेको विज्ञप्तिमा उक्त पत्रकार सम्मेलनको संघको आधिकारिक नभएको उल्लेख गरिएको छ ।
‘गत अक्टोबरमा संघको निर्वाचनमा उपविजेता हुँदाहुँदै पनि आफूले आफैँलाई पदाधिकारी भनि स्वघोषणा गरी यस संघको गरिमामा आँच पुर्याउँदै आएको समूहमार्फत भइरहेका यस्ता अनधिकृत गतिविधिबाट सचेत रहन समेत हामी अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा संस्थाको लेटरहेड र लोगो अनधिकृत रुपमा प्रयोग नगर्न पनि सचेत गराइएको छ । एनआरएनएभित्र गत ११ औँ महाधिवेशनपछि विवाद चर्किएको छ । महाधिवेशनबाट बद्री केसी निर्वाचित भएपनि उनले धाँधली गरेको आरोप असन्तुष्ट पक्षले लगाएको छ । यस्तै असन्तुष्ट पक्षले आरके शर्माको नेतृत्वमा समानान्तर कमिटी बनाएको छ ।
शर्माकै नेतृत्वमा मंगलबार राजधानीमा पत्रकार सम्मेलन तय गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण