‘तेल भिसा’मा विपिनदेखि वर्षासम्म
काठमाडौँ । ‘तेल भिसा’ शंकर घिमिरेको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म हो । केही अगाडि घोषण भएको फिल्मका लागि अहिले धमाधम कलाकार छनौट भइरहेको छ ।
फिल्मको मुख्य भूमिकामा अभिनय रहने कलाकार भने टुङ्गो लागेको निर्माण युनिटले जानकारी दिएको छ । निर्माण युनिटका अनुसार फिल्मको मुख्य भूमिकामा विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे र बुद्धि तामाङ देखिनेछन् ।
विनोद पौडेल, अदीति खरेल र रमेश चौलागाईं निर्माता रहेको फिल्मको रिलिज मिति नयाँ वर्षको भदौ २८ गते तोकिएको छ ।
सेभेन सिज इन्टरमेन्ट र वेल डन क्रियसनको संयुक्त ब्यानरमा निर्माण हुने फिल्म आगामी चैतको दोस्रो साताबाट फ्लोरमा जाने बताइन्छ । डायस्पोरामा नेपाली जाने र त्यतै स्थापित हुने नेपाली समाजको बदलिँदो स्थितिमा कथा बनाएको फिल्ममा सुशन प्रजापतीको छायांकन रहनेछ । फिल्मका रिच इन्टरटेन्मेन्ट र एफ डी कम्पनीले वितरण गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण