शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

निमावि तह लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, १ लाख ५१ हजारमा १३ हजार  उत्तीर्ण

मङ्गलबार, १२ मङ्सिर २०८०, १८ : १९
मङ्गलबार, १२ मङ्सिर २०८०

काठमाडौँ । शिक्षक सेवा आयोगले निमावि तह लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ । कात्तिक १८ गते लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । 

सार्वजनिक गरिएको नतिजा आयोगको वेबसाइटसँगै एसएमएसबाट समेत हेर्न सकिने आयोगले जनाएको छ । निमावि तह लाइसेन्सका लागि देशभरबाट १ लाख ५१ हजार १२ परीक्षार्थीले परीक्षा दिएका थिए । जसमा १३ हजार ७ जनाले परीक्षा  त्तीर्ण  गरेका छन् । 

कोशी प्रदेशबाट २४ हजार ३९ परीक्षा सहभागी भएका थिए । जसमा २ हजार १३० जना उत्तीर्ण  भएका छन् । 

त्यस्तै मधेस प्रदेशबाट २२ हजार ८५५ परीक्षार्थीले परीक्षा दिएका थिए । जसमा १ हजार ६१४ जना उत्तीर्ण भएका छन् । 

बागमती प्रदेशबाट १७ हजार ६५१ जनाले परीक्षा दिएका थिए । जसमा २ हजार २ जना पास भएका छन् । गण्डकी प्रदेशमा ११ हजार ८९७ जनाले परीक्षा दिएकोमा १ हजार १५२ जना उत्तीर्ण  भएका छन् । 

लुम्बिनी प्रदेशमा २९ हजार २३० जनाले परीक्षा दिएका थिए । जसमा २ हजार ८६३ जना उत्तीर्ण  भएका छन् । 

कर्णाली प्रदेशबाट २४ हजार १५४ जनाले परीक्षा दिएका थिए । जसमा १ हजार ५७४ जना उत्तीर्ण  भएका छन् । सुदूरपश्चिम प्रदेशमा २१ हजार १८६ जनाले परीक्षा दिएका थिए । जसमा १ हजार ६७२ जना उत्तीर्ण  भएका थिए । 

आयोगले तोकेको परीक्षा केन्द्र बाहेक अन्य परीक्षा केन्द्रबाट परीक्षा दिएका, परीक्षा केन्द्रबाट कैफियत जनाई रद्द गर्ने भनी उल्लेख गरी आएका र परीक्षाको मर्यादा विपरीत कार्य गर्ने उम्मेदवारहरूको परीक्षा रद्द गरेको थियो । 

परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरुको अनलाइन फाराम भर्दा आफ्नो नाम थर, बाबुको नाम, नागरिकता नम्बर र स्थायी ठेगाना फरक परेको भएमा मंसिर २७ गतेभित्र सच्याउन समय दिएको छ । अध्यापन अनुमतिपत्रमा आफ्नो विवरण फरक परेमा नतिजा प्रकाशन भएको एक वर्षभित्र सच्याई सक्नु पर्ने आयोगले जनाएको छ । त्यसपछि भने विवरण सच्याउन नपाइने आयोगले जनाएको छ । 

परीक्षामा उत्तीर्ण उम्मेदवारहरुको अध्यापन अनुमतिपत्र वितरण कार्य परीक्षामा सहभागी भएकै जिल्लाको शिक्षा विकास समन्वय इकाइबाट हुने आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप