एम्बाप्पेको विवादित पेनाल्टीले जोगियो पीएसजी, डर्टमण्ड शीर्ष स्थानमा
पेरिस । खेलको अन्तिम समयमा किलियान एम्बाप्पेले विवादित पेनाल्टीबाट गोल गरेपछि पेरिस सेन्ट जर्मेन आफ्नो घरेलु मैदानमा हारबाट जोगिएको छ ।
च्याम्पियन्स लिग अन्तरगत मंगलबार राति भएको खेलमा पीएसजीले न्युक्यासलसँग १–१ को बराबरी खेलेको हो ।
रेफ्रीले भिडियो एसिस्टेन्ट रेफ्रीको मद्दतले टिनो लिभ्रामेन्टोले ह्यान्डबल गरेको भन्दै पीएसजीलाई पेनाल्टी दिएका थिए । एम्बाप्पेले ९८ औँ मिनेटमा गोल गर्दै न्युक्यासललाई स्तब्ध बनाए ।
खेलको २४ औँ मिनेटमा अलेक्सान्डर इसाकले गोल गर्दै इङ्लिस टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि टोलीले पीएसजीलाई लामो समयसम्म रोक्न सफल भएको थियो । तर, अन्तिमता टोली बराबरीमा चित्त बुझाउन बाध्य बन्यो ।
ग्रुप अफ डेथ मानिएको समूह एफको अन्य खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले इटालियन क्लब एसी मिलानलाई ३–१ गोलले हरायो । जीतपछि डर्टमण्ड समूहको शीर्ष स्थानमा उक्लिएको छ । ५ खेलपछि डर्टमण्डको १० अङ्क रहेको छ । ७ अङ्क बटुलेको पीएसजी समूहको दोस्रो स्थानमा छ । न्युक्यासल र मिलानको समान ५–५ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण