रास्वपाले थप्यो पदाधिकारी, स्वर्णिम बने उपसभापति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पदाधिकारी थपेको छ । रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट एक जना उपाध्यक्ष, दुई जना सह-महामन्त्री र एक काेषाध्यक्ष, एक सह-काेषाध्यक्ष र तीन जना सहप्रवक्ता गरी ८ जना पदाधिकारी थपिएको जानकारी दिएका हुन् ।
महामन्त्री ढकालका अनुसार उपाध्यक्षमा डा. स्वर्णिम वाग्ले, सहमहामन्त्रीमा विपिन आचार्य, सुमन श्रेष्ठ, काेषाध्यक्षमा निमा अधिकारी, सह-काेषाध्यक्षमा दीपक बाेहाेरा, सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईं मनोनीत भएका छन् । रास्वपामा यसअघि नै डोलप्रसाद अर्याल उपाध्यक्ष, कविन्द्र बुर्लाकोटी सहमहामन्त्री र बसुमाया तामाङ कोषाध्यक्षमा रहेका थिए । अब पदाधिकारीको संख्या सभापतिसहित १३ पुगेको छ ।
संसदीय दलको उपनेता रहेका विराजभक्त श्रेष्ठलाई सचिवालय सदस्य बनाइएको महामन्त्री ढकालले बताए । उनले पार्टीको महाधिवेशन प्रक्रिया र नयाँ संगठनात्मक ढाँचाअनुसार पार्टी सञ्चालन गर्ने निर्णय अनुरुप सचिवालय गठन गरिएको छ ।
रास्वपाले अनिल केशरी शाह, राजन गौतम, डा. नन्दन यादव, पुकार बम र कामिनी चौधरीलाई केन्द्रीय सदस्य बनाएको छ । रास्वपाले पार्टीका १४ जना सांसदलाई पनि आजै केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण