गोरखा र नीलकण्ठ नगरपालिकाको संयुक्त बैठक पालुङटारमा
पोखरा । गोरखाको गोरखा नगरपालिका र धादिङको नीलकण्ठ नगरपालिकाको संयुक्त बैठक गोरखाको पालुङटार नगरपालिकामा बसेको छ । बैठकले नीलकण्ठ नगरपालिकामा रामशाह चौतारा बनाउने निर्णय गरेको छ । चालू वर्षदेखि नै चौतारा निर्माणको काम थालिने नीलकण्ठका मेयर भीमप्रसाद ढुंगानाले बताए ।
यस्तै, दुवै नगरपालिकाले एक अर्को पालिकाको ऐतिहासिक तथा सांस्कृतिक महत्व झल्कने पूर्वाधार निर्माण गर्ने निर्णय पनि गरिएको छ । उनीहरुबीच आपसमा प्राविधिक तथा आर्थिक साझेदारी गरिने समझदारी बनेको छ । सोही समझदारी अनुसार यसवर्ष निलकण्ठले आफनै लागतमा गोरखाको इतिहास झल्कने गरी रामशाह चौतारा निर्माण गर्न लागेको हो ।
संयुक्त बैठकमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा दुवै पालिकाको संस्थागत सुदूढीकरणको लागि प्राविधिक तथा आर्थिक सहयोगको आदानप्रदान गर्ने निर्णय गरेको छ । यी दुई पालिकाबीच यसअघि नै भगिनी सम्बन्ध स्थापना भएको थियो ।
दुवै पालिकाले एकअर्का पालिकाका जनप्रतिनिधिहरुको फोटो आफ्नो कार्यकक्षमा राख्ने निर्णय गरिएको गोरखाका मेयर कृष्णबहादुर रानामगरले जानकारी दिए । अर्को संयुक्त बैठक नीलकण्ठ नगरपालिकाले गर्ने निर्णय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण