भूकम्प प्रभावित पत्रकारका लागि हिमालय खबरले दियो एक लाख ३४ हजार
काठमाडौँ । हिमालय खबर मिडिया इन्कले जाजरकोट र रुकुम पश्चिमका भूकम्पबाट पत्रकारका लागि सहयोग प्रदान गरेको छ । स्थलगत अध्ययनपश्चात् हिमालय खबर मिडिया इन्कले संकलित एक लाख ३३ हजार ९७३ रुपैयाँ नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलमार्फत भूकम्पबाट प्रभावित पत्रकारलाई प्रदान गरिएको हो ।
हिमालय खबरका सल्लाहकार सम्पादक तारा बराल र साहित्यकार तथा कवि बिटु केसीले रकम हस्तान्तरण गरेका हुन् । हिमालय खबरका तर्फबाट विजय घिमिरे, रामचन्द्र भट्ट, विकाशराज न्यौपाने, सुजन पण्डित, सुपेन्द्र बस्नेत, सरोज काफ्ले, विनय देवकोटा, दिनेश कार्की,ओजेश उप्रेती, गोकुल श्रेष्ठ, विशाल शर्मा, भीषण न्यौपाने, टंक काफ्ले, सोफिंन थापा, प्रकाश श्रेष्ठ (मालिका केशरी), सूर्य थापा, भोजबहादुर बलायर, श्रीकृष्ण गौतम, बिमल बराल, शैलेश आचार्य, तारा बराल, बिटु बराल, बद्रि गौतम र केशव भट्टराईले सो रकम संकलन गरेका थिए ।
हिमालयखबरको तर्फबाट यसअघि पनि विभिन्न सामाजिक गतिविधि एवं पत्रकारका लागि सहयोग स्वरुप रकम संकलन गरिएको थियो । नेपाल पत्रकार महासंघमार्फत भूकम्पबाट प्रभावित सञ्चारमाध्यम र सञ्चारकर्मीलाई सहयोग गर्न पाउँदा खुसी लागेको र संकटको समयमा पीडामा परेका पत्रकार साथीहरुलाई सानो भए पनि राहतको मलहम लगाउने प्रयास गरिएको हिमालयखबरका प्रबन्ध सम्पादक एवं नेपाल अमेरिका पत्रकार संघ (नेजा) का निवर्तमान अध्यक्ष विकाशराज न्यौपानेले बताए ।
कात्तिक १७ गते राति गएको भूकम्पका कारण जनधनको ठूलो क्षति हुनाका साथै सञ्चारमाध्यम र सञ्चारकर्मीसमेत प्रत्यक्ष प्रभावित हुन पुगेका थिए । स्मरण रहोस् हिमालयखबर अनलाइन अमेरिका र नेपाल दुवै देशबाट एकैसाथ प्रकाशित हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण