डोमिनिकाले टी-२० विश्वकपका खेलहरु नखेलाउने भएपछि आईसीसी अप्ठ्यारोमा
काठमाडौँ । टी-२० विश्वकपको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् । प्रतियोगिता सन् २०२४ को जुन ४ देखि ३० तारिखसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको मिति नजिकिँदै गर्दा क्यारेबियन राष्ट्र डोमिनिकाले टी—२० विश्वकपको कुनै पनि खेल आफ्नो देशमा नखेलाउने घोषणा गरेको छ ।
डोमिनिकाको उक्त निणर्यपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) पनि दबाबमा परेको छ । आईसीसीले डोमिनिकामा आगामी टी—२० विश्वकपको तीनवटा खेल खेलाउने निणर्य गरिसकेको छ । तर, अन्तिम समयमा आएर डोमिनिकाले प्रतियोगिताको आयोजनाबाट नाम झिकेपछि आईसीसीसँगै वेस्ट इन्डिज क्रिकेट बोर्ड पनि समस्यामा पर्ने देखिएको छ ।
आगामी टी—२० विश्वकपमा २० वटा राष्ट्रले सहभागिता जनाउँदैछन् । टी-२० विश्वकपमा पहिलो पटक यति धेरै राष्ट्रले सहभागिता जनाउन लागेका हुन् । आगामी टी—२० विश्वकपमा नेपालले पनि सहभागिता जनाउने निश्चित भइसकेको छ ।
प्रतियोगितामा सहभागी हुने २० वटै टोलीको टुंगो पनि लागिसकेको छ । आईसीसीले डोमिनिकाको विन्डसर पार्क स्पोर्टस स्टेडियम र बेन्जामिन पार्कमा विश्वकपका खेलहरु खेलाउने निणर्य गरेको थियो । यसअघि ती दुई रंगशालामा समूहगत चरणको एक र ‘सुपर आठ’ चरणको दुई खेल खेलाउने बताइएको थियो ।
प्रतियोगिताको मिति नजिकिँदै गएको र प्रतियोगिताका लागि निर्धारण गरिएको मापदण्ड पुरा गर्न नसकिने भएकाले आफूहरुले विश्वकप आयोजना नगर्ने निणर्य लिएको डोमिनिकाका खेल अधिकारीहरुले जनाएका छन् ।
‘विश्वकपका लागि आवश्यक भौतिक पूर्वाधार तयार पार्न ताकिएको मापदण्ड पूरा गर्न अप्ठ्यारो परेकाले यस्तो निणर्य लिइएको हो,’ डोमिनिकाका एक खेल अधिकारीले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण